सदस्यसचिव घिसिङ एथलिट भिलेजमा आयोजित झण्डोत्तोलन कार्यक्रममा सहभागी

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ शुक्रबार १९औँ एसियाली खेलकुद प्रतियोगिताको ‘एथलिट भिलेज’ मा आयोजित झण्डोत्तोलन कार्यक्रममा सहभागी भएका छन् । उनी चीनको हाङ्झाउमा जारी १९ औँ एसियाली खेलकुदमा सहभागी नेपाली टोलीको ‘चिफ दी मिसन’ पनि हुन् ।
‘एथलिट भिलेज’ मा आयोजित झण्डोत्तोलन कार्यक्रममा एसियाली खेलकुदमा सहभागी नेपालसहित ४५ राष्ट्रका खेल पदाधिकारी र खेलाडीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी खेल पदाधिकारी र खेलाडीले आ(आफ्नो राष्ट्रको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए ।
सोही अवसरमा राखेपका सदस्यसचिव घिसिङ र आयोजकका प्रतिनिधिबीच मायाको चिनो आदान(प्रदान पनि गरिएको थियो । १९औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन समारोह भने शनिबार हुनेछ । उद्घाटन समारोहअघि नै फुटबल, क्रिकेट, टेबलटेनिस लगायतका खेलहरु भने सुरु भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले काम गरिरहेको छ’
-
अस्ट्रेलियन महिलाले बनाइन् २४ घण्टामा सबैभन्दा धेरै पुल-अप्सको विश्व कीर्तिमान
-
कोशीमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु
-
मस्कसँगको वाकयुद्धपछि आफूले किनेको टेस्ला बेच्दै ट्रम्प
-
बेकह्मालाई ‘नाइटहुड’ दिने तयारी
-
अमेरिका र चीनबिच हुने व्यापार सम्झौतासम्बन्धी बैठकबारे ट्रम्पले के भने ?