सदस्यसचिव घिसिङ एथलिट भिलेजमा आयोजित झण्डोत्तोलन कार्यक्रममा सहभागी
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ शुक्रबार १९औँ एसियाली खेलकुद प्रतियोगिताको ‘एथलिट भिलेज’ मा आयोजित झण्डोत्तोलन कार्यक्रममा सहभागी भएका छन् । उनी चीनको हाङ्झाउमा जारी १९ औँ एसियाली खेलकुदमा सहभागी नेपाली टोलीको ‘चिफ दी मिसन’ पनि हुन् ।
‘एथलिट भिलेज’ मा आयोजित झण्डोत्तोलन कार्यक्रममा एसियाली खेलकुदमा सहभागी नेपालसहित ४५ राष्ट्रका खेल पदाधिकारी र खेलाडीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी खेल पदाधिकारी र खेलाडीले आ(आफ्नो राष्ट्रको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए ।
सोही अवसरमा राखेपका सदस्यसचिव घिसिङ र आयोजकका प्रतिनिधिबीच मायाको चिनो आदान(प्रदान पनि गरिएको थियो । १९औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन समारोह भने शनिबार हुनेछ । उद्घाटन समारोहअघि नै फुटबल, क्रिकेट, टेबलटेनिस लगायतका खेलहरु भने सुरु भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण