तस्करीको सुन छानबिन प्रकरणमा आयोग गठनबारे छलफल गर्न एमाले नेता फेरि गृह मन्त्रालयमा
काठमाडौँ । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठनबारे छलफल गर्न एमाले नेता पुन सिंहदरबार पुगेका छन् । एमाले उपाध्यक्ष समेत रहेका नेता विष्णु पौडेल, एमाले सचेतक महेश बर्तौला र अर्का नेता महेश बस्नेत उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्न सिंहदरबार पुगेका हुन् ।
यसअघि शुक्रबार साँझ भएको छलफलमा आयोगको कार्यदेशबारे सहमति जुट्न नसक्दा आन्तरिक गृहकार्य गर्न भन्दै एमाले नेताहरु बाहिरिएका थिए ।
गत भदौ ६ गते सीआईबीको अनुसन्धानपछि छानबिनका लागि आयोग बनाउने विषयमा संसद्का राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सहमति जुटेको थियो । उनीहरुबीच असोज ५ गते आयोग गठन गरेर सोही दिनबाट आयोगले काम थाल्ने बताएपनि सहमति कार्यान्वयनमा सरकार पक्ष संवेदनशील नबन्दा पहिलो चरणको छलफलमा सहमति जुट्न नसकेको एमाले नेता बर्तौलाले बताएका थिए । दोस्रो चरणको छलफलमा सहमति जुट्ने र आयोग गठन हुनेमा अझै आशावादी रहेको बर्तौलाले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण