तस्करीको सुन छानबिन प्रकरणमा आयोग गठनबारे छलफल गर्न एमाले नेता फेरि गृह मन्त्रालयमा

काठमाडौँ । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठनबारे छलफल गर्न एमाले नेता पुन सिंहदरबार पुगेका छन् । एमाले उपाध्यक्ष समेत रहेका नेता विष्णु पौडेल, एमाले सचेतक महेश बर्तौला र अर्का नेता महेश बस्नेत उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्न सिंहदरबार पुगेका हुन् ।
यसअघि शुक्रबार साँझ भएको छलफलमा आयोगको कार्यदेशबारे सहमति जुट्न नसक्दा आन्तरिक गृहकार्य गर्न भन्दै एमाले नेताहरु बाहिरिएका थिए ।
गत भदौ ६ गते सीआईबीको अनुसन्धानपछि छानबिनका लागि आयोग बनाउने विषयमा संसद्का राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सहमति जुटेको थियो । उनीहरुबीच असोज ५ गते आयोग गठन गरेर सोही दिनबाट आयोगले काम थाल्ने बताएपनि सहमति कार्यान्वयनमा सरकार पक्ष संवेदनशील नबन्दा पहिलो चरणको छलफलमा सहमति जुट्न नसकेको एमाले नेता बर्तौलाले बताएका थिए । दोस्रो चरणको छलफलमा सहमति जुट्ने र आयोग गठन हुनेमा अझै आशावादी रहेको बर्तौलाले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड
-
कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु