शिक्षाविद् कोइरालासहित शिक्षासेवी सम्मानित
काठमाडौँ । समृद्ध एड मिडिया नेटवर्क प्रालिकोे १३ औँ वार्षिकोत्सवका अवसरमा आज शिक्षाविद्, शिक्षाकर्मी र पत्रकारलाई सम्मानित गरिएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालबाट पाँच व्यक्तित्वलाई सम्मान प्रदान भएको थियो ।
सम्मानित हुनेमा शिक्षाविद् प्राडा विद्यानाथ कोइराला, काठमाडौँको नीलबाराही माविका प्रधानाध्यापक डा.जानुका नेपाल, एडकमार्क एकेडेमीका प्राचार्य शिव अधिकारी र गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा रहेका छन् ।
शिक्षा पत्रकारितामा संस्थागत योगदान दिने शिक्षा पत्रकार समाज र उक्त मिडियामा उत्कृष्ट काम गर्ने पत्रकार तथा कर्मचारीलाई कदरपत्रबाट सम्मान गरिएको थियो भने ‘एजुकेसन न्यूज’ पाक्षिकको विशेषाङ्कको विमोचन गरिएको थियो । उक्त प्रालिले ‘खबर एजुकेसन डटकम’ र ‘स्कुल एजुकेसन’ मासिक सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा वरिष्ठ पत्रकार रिसाल, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का उपाध्यक्ष दीपिका थापा, उच्च शिक्षा तथा विद्यालय सङ्घ (हिसान) का उपाध्यक्ष रामहरि सिलवाललगायतले सो मिडिया प्रालिको स्थापना दिवसका अवसरमा शुभकामना दिएका थिए ।
प्रालिका अध्यक्ष लक्ष्मीप्रसाद ढकालले आगामी दिनमा शैक्षिक सम्वाद केन्द्रको सञ्चालनका साथै ‘स्टडी इन नेपाल’ अभियान सञ्चालन गर्ने बताए । खबर एजुकेसन डटकमका प्रधानसम्पादक पुष्पा अधिकारीले आफूहरूले शिक्षाका खोजमूलक समाचारमा साथै नीतिगत पैवरीमा पनि काम गर्दै आएको जनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण