अदृश्य सम्झना
दशक दशक जुनीभरि
नछुटिने किरिया खाएका मान्छेले
छुटेर टाढा गएपछि
आउने भनेको त सम्झना मात्रै रहेछ ।
छाडेर जाने फर्किनु भनेको
उँधो बगेको खोला,
उँभो फर्किनु जस्तै हुँदो रहेछ ।
बाफ, बादल अनि वर्षा
विज्ञानमा मात्रै बाँच्दो रहेछ ।
बिर्सन लागेको धमिलो सम्झना
खाटा बस्न लागेको प्रेम घाउ
फुङ्ग रङ उडेको श्याम श्वेत तस्बिर
सपनाभरि के के बोलेर
त्यसै त्यसै झकझकाई दिन्छ ।
उनी कल्पनाको बगैँचाभरि,
फुल बनी फुल्छिन्
म मदहोस भँवरा
उनकै वरपर फनफनी उडिरहेको हुन्छु ।
सपनाहरू देख्दै गरेको
मेरो फगत कोरा कल्पनामा
उनी गएदेखि मेरो बिपनाहरू
यादहरूको गह्रुँगो भारी बोकेर,
एक्लो हिँड्दैछु
सँगै यात्रा गर्छु भन्ने
तिमीले रोजेको बाटोमा
दुःखद वियोगान्त कथाको पात्र बनेको म
निमोठिएको प्रेमको अल्पायुमा भएको निधन
दोषी तिमी हो कि म ?
चेतना गुम हुँदै गर्दा,
औँसी खस्छ म माथि
बिलौना गर्दै गरेको एक हुल तारा
म आफैँ आफैलाई बिर्सेर
आवेशमा आक्रोशित हुँदै
मृत्यु पत्रमा हस्ताक्षर गर्न राजी हुन्छु ।
साझा बोझ बोक्ने कसम तोडेर
कोशेलीस्वरूप दिएको मीठो उनको उपहार
भुल्नै नसकिने पीडा र रोदन
पश्चात्ताप र निराशा मेरो दुर्दशा
प्रयास गर्ने, रुने र लड्ने ।
एक समय, एक सुन्दर अतीत
मैले गरेको मायाको सुन्दरता
सम्झेर महसुस गरेँ ।
म उनको,
सौन्दर्यको तालमा नाचिरहेको
फगत कोरा कल्पनामा
फगत नटुङ्गिने गोरेटोमा
फगत परेली भिजेको नयनको सामुन्नेमा
वर्षौँदेखि बिर्सिन प्रयास गरेको कोसिसमा
तर, समयसँगै आइरहे सम्झना
सन्दर्भसँगै आइरहे सम्झना
साथसँगै आइरहे सम्झना
म सँगै मर्छ होलान्
सधैँ आइरहने अदृश्य सम्झना ।
अदृश्य सम्झना ।।
पाँचखाल, काभ्रेपलान्चोक, हालः लिमासोल, साईप्रस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण