बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

ज्ञानगुन : नासाले हालै पत्ता लगाएको नयाँ ग्रहको नाम के हो ?

आइतबार, ०७ असोज २०८०, १० : २८
आइतबार, ०७ असोज २०८०

१, यही सेप्टेम्बर २३ देखि चीनको हाङझोउमा आयोजना हुने एसियाली खेलकूद
प्रतियोगितामा नेपालले कतिवटा खेलमा भाग लिँदैछ ?
(क) २८ (ख) २९ (ग) ३० (घ) ३१ 

२, नेपालमा राष्ट्रिय विज्ञान दिवस कुन दिन मनाउने गरिएको छ ?
(क) असोज एक गते (ख) असोज दुई गते (ग) असोज तीन गते (घ) असोज चार गते 

३, नासाले हालै पत्ता लगाएको नयाँ ग्रह (जसमा जीवन रहेको अनुमान गरिएको छ) को नाम के हो ?
(क) केटु–१६ बी (ख) केटु–१७ बी (ग) केटु–१८ बी (घ) केटु–१९ बी 

४, नेपालको संविधानअनुसार महान्यायाधिवक्ताको नियुक्ति कसले कसरी गर्ने गरिन्छ ?
(क) प्रधानमन्त्रीको सिफारिसमा प्रधान न्यायाधीशले (ख) प्रधान न्यायाधीशको सिफारिसमा
प्रधानमन्त्रीले (ग) प्रधान न्यायाधीशको सिफारिसमा राष्ट्रपतिले (घ) प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले  

५, नेपालमा महान् वास्तुवैज्ञानिक विश्वकर्माको पूजा कुन दिन गर्ने चलन छ ?
(क) असोज एक गते (ख) असोज दुई गते (ग) असोज तीन गते (घ) असोज चार गते 

६, कला क्षेत्रका दीर्घ साधना सम्मान २०८० प्राप्त गर्ने कलाकार को हुन् ?
(क) मदनकृष्ण श्रेष्ठ (ख) हरिवंश आचार्य (ग) शिव श्रेष्ठ (घ) मिथिला शर्मा 

७, हालसम्म (२०८० भदौसम्म) नेपालको कति जिल्ला साक्षर घोषित भएका छन् ?
(क) ६३ (ख) ६४ (ग) ६५ (घ) ६६ 

८, लिच्छवि कालमा जिल्लाका प्रमुखलाई के भनिन्थ्यो ?
(क) जिल्लापति (ख) जिल्लाप्रमुख (ग) जिल्लाधीश (घ) विषयपति 

९, भारतले हालै प्रक्षेपण गरेको सूर्य लक्षित मिसन यानको नाम के थियो ?
(क) आदित्य– एल १ (ख) आदित्य– एल २ (ग) आदित्य– एल ३ (घ) आदित्य– एल ४

१०, संसार बौलाएको साँडे हो भन्ने भनाइ कुन दार्शनिकको हो ?
(क) स्वामी विवेकानन्द (ख) स्वामी योगानन्द (ग) डा. स्वामी रामानन्द गिरी (घ) स्वामी रामतीर्थ  

११, महापुराणको सङ्ख्या कतिवटा छ ?
(क) १७ (ख) १८ (ग) १९ (घ) २०

                                      सही उत्तर 
१–(ख), २–(क), ३–(ग), ४–(घ), ५–(क), ६–(ग), ७–(ख), ८–(घ), ९–(क) १०–(ग), ११–(ख) 
                                 स्रोत विभिन्न पत्रपत्रिका 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप