एसियाली खेलकुदमा नेपालका तीन जुडो खेलाडी पराजित
काठमाडौँ । १९औँ एसियाली खेलकुद प्रतियोगितामा शुक्रबार नेपालका तीनजना जुडो खेलाडी पराजित भएका छन् । शुक्रबार भएको पुरुषतर्फको ६० केजीभन्दा मुनिको स्पर्धामा नेपालका विकास विक दोस्रो चरणमा पुगे पनि त्योभन्दा अगाडि बढ्न सकेनन् ।
३२ खेलाडीबीचको भिडन्तमा सफलता हात पार्दै विकास दोस्रो चरणमा पुगेका थिए । उनले आफ्नो पहिलो खेलमा कम्बोडियाका भ्लोदोमिर गुचकोभलाई हराएका थिए । तर, उनी प्रिक्वार्टरफाइनल खेलमा भने तुर्कमेनिस्तानका खेलाडी आइबेक ओभिरोभसँग पराजित हुन पुगे ।
यसैगरी महिला ५२ केजीभन्दा मुनिको तौलसमूहमा नेपालकी देबकीमायाँ श्रेष्ठ पनि पहिलो चरणमै पराजित भइन् । उनी मंगोलियाकी खेलाडी लाखाभासुरेन सोसोरबरमसँग पराजित भएकी हुन् ।
यसैगरी नेपालका अर्का जुडो खेलाडी इन्द्रबहादुर श्रेष्ठ पनि आफ्नो पहिलो खेलमै पराजित भएका छन् । पुरुष ६६ केजीभन्दा मुनिको तौलसमूहमा प्रतिस्पर्धा गरेका उनी हङ्कङका मार्टिन लउसँग पराजित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण