६० किलो सुन तस्करी प्रकरणमा १३ प्रतिवादीले दिए बयान
काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका १३ प्रतिवादीको बयान सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा १३ जना प्रतिवादीको बयान सकिएको हो ।
चिनियाँ नागरिकहरू याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङको बयान पुरा भएको छ । टीयान मि र वेन तोङ ठमेल स्थित केटीबी रेस्टुरेन्टका सञ्चालक हुन् ।
तिब्बती मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग र बेल्जियन नागरिक दावा छिरिङको पनि बयान पुरा भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले बताए ।
यसैगरी हर्कराज राई र भन्सार एजेन्ट रुकमिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्टको समेत बयान सकिएको छ ।
जिल्ला अदालतमा चार ठाउँमा राखेर प्रतिवादीहरूको बयान गराइएको बताइएको छ । सुन प्रकरणमा पक्राउ गरिएका २६ जना र ३ जनालाई फरार प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण