सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
यस्तो छ जनकपुरधाममा राष्ट्रपति पौडेलको स्वागतको तयारी (फोटोफिचर)
प्रदेश

यस्तो छ जनकपुरधाममा राष्ट्रपति पौडेलको स्वागतको तयारी (फोटोफिचर)

आइतबार, ०७ असोज २०८०

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेल सोमवार जनकपुरधाम आउँदै छन् । उनलाई स्वागत गर्न आतुर छ जनकपुरधाम । उनको स्वागतको लागि अबेर रातिसम्म तयारी पुरा हुने आयोजक जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले जानकारी दिए ।

राष्ट्रपति पौडेलको स्वागतमा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रलाई झकिझकाउ बनाइँदैछ । सांस्कृतिक केन्द्रको प्रांगणमा सरसफाइ र वाटर फाउण्टेनलाई आकर्षक बनाइँदैछ । 

केन्द्रको सभाहलमा मिथिला पेन्टिङ निर्माणदेखि लिएर आकर्षक लाइट जडान गरिएको छ । राष्ट्रपति पौडेल सोमवार बिहान ८ बजे हेलिकप्टरबाट जनकपुरधाम आउने कार्यक्रम छ । 

राष्ट्रपति पौडेल यहाँ आएपछि सिधै जानकी मन्दिरमा पूजा अर्चना गर्नेछन् । त्यसपछि मधेस भवनभित्र प्रदेश प्रमुख हरिशंकर मिश्रको निवास जानेछन् । मेयर साहका अनुसार राष्ट्रपति पौडेलको नास्ताको व्यवस्था प्रदेश प्रमुखको निवासमा गरिएको छ ।

नास्तापछि राष्ट्रपति पौडेल नेपाल राष्ट्र बैंकको अतिथिगृह पुग्नेछन् । अतिथि गृहमा भोजन गरेर केहीबेरको आरामपछि महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र पुग्नेछन् । केन्द्रको सभाहलको समुद्घाटन गर्ने कार्यक्रम छ ।

समुद्घाटनपछि राष्ट्रपति पौडेल नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन् । उक्त समारोह महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको सभाहलमा हुने जनाइएको छ । 

मौसम बदलीको अवस्थालाई मध्यनजर गरेर राष्ट्रपतिको नागरिक अभिनन्दन समारोह सभाहलमा आयोजना भएपनि सभाहल बाहिर ठूलो स्क्रीन लगाएर कम्तीमा एक हजारभन्दा बढी सर्वसाधारणलाई बस्ने व्यवस्था मिलाइएको छ । सभाहलमा ५ सय ४० जना बस्ने व्यवस्था छ ।

राष्ट्रपति पौडेल यसअघि जेठमै जनकपुरधाम आउने कार्यक्रम तय भएपनि अस्वस्थ हुँदा अन्तिम समयमा कार्यक्रम स्थगित भएको थियो । लामो समयदेखि रोकिएको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेकाले राष्ट्रपति पौडेलको मधेसमा चौतर्फी प्रशंसा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया