मोराटाको दुई गोलमा रियलको शत प्रतिशत नतिजामा पूर्णविराम
सोमबार, ०८ असोज २०८०, ०६ : ०८
मड्रिड । अल्भारो मोराटाले दुई गोल गरेपछि एट्लेटिको मड्रिडले आफ्नो चिर प्रतिद्वन्द्वीमाथि शानदार जित निकाल्दै ला लिगामा रियल मड्रिडको शत प्रतिशत सुरुवातमा पूर्ण विराम लगाएको छ। आइतबार राति भएको खेलमा एट्लेटिको ३–१ गोलले विजयी बन्यो ।
रियलका पूर्व फरवार्ड मोराटाले सामुएल लिनोको खतरनाक क्रसलाई गोलमा परिणत गर्दा एट्लेटिकोले चार मिनेटमै अग्रता लिएको थियो । एन्टोनी ग्रिजम्यानले अर्को हेडरको साथ २-० को अग्रता बनाए।
टोनी क्रुसले रियलका लागि एक गोल फर्काए पनि दोस्रो हाफको सुरुवातमा नै साउल निगुएजको बललाई जाली चुमाउँदै मोराटाले एट्लेटिकोको जित सुनिश्चित गरे ।
जितले एट्लेटिकोलाई तालिकाको पाँचौँ स्थानमा पुर्याएको छ, जबकि यस सिजनमा पहिलो पटक अङ्क गुमाएको रियल बार्सिलोना र जिरोना पछि तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण