प्रवेश परीक्षा मिति तोक्न इन्जिनियरिङ अध्ययन संस्थानलाई नेविसंघको आग्रह
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले इन्जिनियरिङ अध्ययन संस्थानलाई प्रवेश परीक्षा मिति तोक्न आग्रह गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सोबार विज्ञप्ति जारी गर्दै तत्काल प्रवेश परीक्षा मिति तोकी प्रक्रिया सुचारू गर्न आग्रह गरेका हुन् ।
अध्यक्ष शेर्पाले शुल्क घटाउने सहमतिमा संस्थान इमान्दार नदेखिएको बताए । ‘प्रवेश परिक्षा समयमा नहुनु भनेको राज्यलाई अबौँ घाटा गराउने प्रपञ्च हो । यसको मतियार इअसं भित्रैका केहि मानिसहरु बनिरहेका छन् र त्यहि हठमा इमान्दार गुरुहरु समेत मुछिरहनुभएको हामीलाई अवगत छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रविधिक उच्च शिक्षाको सुनिश्चितता यस देशभित्रै गर्ने वाचा गर्दै धैर्यता साथ आफ्नो तयारी गर्न अपिल नेविसंघले गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा बढाएको शुल्क पुनरावलोकन हुनुपर्ने नेविसंघले बताउँदै आएको छ।
गत साउन २५ को निर्णयअनुसार भन्दै भदौ ४ मा सूचना निकालेर संस्थानले आंगिक क्याम्पस स्नातक तह (बी.ई, बी.आर्क) को शुल्कवृद्धि गरेपछि नेविसंघलगायत विद्यार्थी संघसंगठनले विरोध गरेका थिए।
३ लाख १३ हजार रुपैयाँ शुल्क रहेकोमा वृद्धि गरी ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पुर्याएपछि विरोध भएको थियो। शुल्क पुनरावलोकन गर्न समिति बनाए पनि ५ लाख शुल्कको प्रस्ताव गरेको भन्दै विरोध भइरहेको छ। संस्थानले २०५३ सालदेखि शुल्कवृद्धि गरेको थिएन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण