आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजनीतिक दलले गिजोलेका कारण शान्ति सुरक्षामा समस्या आयो : मुख्यमन्त्री कार्की

सोमबार, ०८ असोज २०८०, १५ : ०९
सोमबार, ०८ असोज २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको सुरक्षामा नयाँ थ्रेट र असुरक्षाको महसुस बढेको बताएका छन् । 

विराटनगरमा सोमबार आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

यद्यपि सदियौँदेखि मिलेर बसेको समाज नभाँडिने विश्वास उनको थियो । नेपालको सुरक्षा संयन्त्र बलियो रहेको बताउँदै त्यसलाई स्वतन्त्रता पूर्वक काम गर्न दिनुपर्ने बताए । राजनीतिक पार्टीहरूले नजानेरै भएपनि समर्थन दिएको कारण पनि सामाजिक सद्भभावमाथि आक्रमण भइरहेको उनको भनाइ छ । 

प्रदेशको नामकरण दलहरूको छलफल र सहमतिबाट गरिएको उनले बताए । तर, सहमति गरेकै नेताहरूले अहिले विपक्षमा बोलेको कारण सुरक्षा थ्रेट बढेको उनले दाबी गरे । संविधानको व्यवस्था अनुसार प्रदेशले नामकरण गरेको बताउँदै उनले कुनै राजनीतिक पार्टीले गलत भए सच्याउँछु भन्ने गरेपछि समस्या आएको बताए ।

अहिले कोशीमा, सर्लाही मलंगवामा देखिएको जातीय र धार्मिक समस्याले मणिपुरमा जस्तो हुनसक्नेतर्फ सचेत हुनुपर्ने उनले बताए । 

प्रदेशको नाममा चित्त नबुझेपनि निषेध गर्न नमिल्ने उनले बताए । प्रदेशका ८३ सांसदमध्ये पनि एमाले केन्द्रित आक्रमण भएको उनले गुनासो गरे । 

संघका मन्त्रीहरूले प्रदेशले गरेको काममा प्रश्न उठाउन नमिल्ने भन्दै केन्द्रीय सरकारका जिम्मेवार व्यक्तिहरूबाटै आगोमा घ्यू थप्ने काम भएको उनले बताए ।

प्रदेशमा पहिचानको आन्दोलनमा मारिएका पदम लिम्बू लाजेहाङको घटनाको विषयमा संघीय सरकारले प्रदेशलाई अस्वीकार गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप