राजनीतिक दलले गिजोलेका कारण शान्ति सुरक्षामा समस्या आयो : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको सुरक्षामा नयाँ थ्रेट र असुरक्षाको महसुस बढेको बताएका छन् ।
विराटनगरमा सोमबार आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
यद्यपि सदियौँदेखि मिलेर बसेको समाज नभाँडिने विश्वास उनको थियो । नेपालको सुरक्षा संयन्त्र बलियो रहेको बताउँदै त्यसलाई स्वतन्त्रता पूर्वक काम गर्न दिनुपर्ने बताए । राजनीतिक पार्टीहरूले नजानेरै भएपनि समर्थन दिएको कारण पनि सामाजिक सद्भभावमाथि आक्रमण भइरहेको उनको भनाइ छ ।
प्रदेशको नामकरण दलहरूको छलफल र सहमतिबाट गरिएको उनले बताए । तर, सहमति गरेकै नेताहरूले अहिले विपक्षमा बोलेको कारण सुरक्षा थ्रेट बढेको उनले दाबी गरे । संविधानको व्यवस्था अनुसार प्रदेशले नामकरण गरेको बताउँदै उनले कुनै राजनीतिक पार्टीले गलत भए सच्याउँछु भन्ने गरेपछि समस्या आएको बताए ।
अहिले कोशीमा, सर्लाही मलंगवामा देखिएको जातीय र धार्मिक समस्याले मणिपुरमा जस्तो हुनसक्नेतर्फ सचेत हुनुपर्ने उनले बताए ।
प्रदेशको नाममा चित्त नबुझेपनि निषेध गर्न नमिल्ने उनले बताए । प्रदेशका ८३ सांसदमध्ये पनि एमाले केन्द्रित आक्रमण भएको उनले गुनासो गरे ।
संघका मन्त्रीहरूले प्रदेशले गरेको काममा प्रश्न उठाउन नमिल्ने भन्दै केन्द्रीय सरकारका जिम्मेवार व्यक्तिहरूबाटै आगोमा घ्यू थप्ने काम भएको उनले बताए ।
प्रदेशमा पहिचानको आन्दोलनमा मारिएका पदम लिम्बू लाजेहाङको घटनाको विषयमा संघीय सरकारले प्रदेशलाई अस्वीकार गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण