बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बुवाका यस्ता पाँच बानी जसले बनाउँछ छाेरालाई केयरिङ र उत्कृष्ट व्यक्ति

सोमबार, ०८ असोज २०८०, १५ : ५६
सोमबार, ०८ असोज २०८०

घरमा छोराछोरीका लागि आफ्ना अभिभावक सबैभन्दा ठुलो रोल मोडेल हुन् । जुन घरमा बुबा शान्त स्वभावका हुन्छन् र घरका सबै सदस्यको ख्याल राख्छन्, त्यो घरका छोराछोरी पनि अरूको हेरचाह गर्ने, आदर गर्ने र माया गर्ने खालका हुन्छन् । हामी तपाईंलाई बुबाका ती विशेष बानीबारे जानकारी दिँदै छौँ जसले छोराको व्यवहारमा सकारात्मक प्रभाव पार्छ । जसले गर्दा उनीहरू अरूलाई मद्दत गर्न कहिल्यै पछि हट्दैनन् । 

हार्वर्ड वेबसाइटका अनुसार, बच्चा त्यति बेला केयरिङ हुन्छन् जति बेला उनीहरूलाई राम्रोसँग हेरविचार गरिन्छ । उनीहरूको व्यवहारमा परिवारको लालन पालनको निकै ठुलो असर पर्छ । यस्तो अवस्थामा जब बुवाले सन्तानसँग राम्रो तरिकाले व्यवहार गर्छन्, बालबालिकाको ख्याल राख्छन्, परिवारको भावनात्मक आवश्यकता पूरा गर्छन् भने यसले बच्चाको व्यक्तित्व निर्माणमा निकै मद्दत गर्छ । विशेष गरी घरका छोराहरूमा यसको सकारात्मक असर पर्छ र उनीहरुले पनि अरू मानिससँग राम्रो व्यवहार गर्न सिक्छन् र केयर गर्छन् । 

बच्चा आफ्ना बुवाको मोरल भ्यालु (नैतिक मूल्य) कपी गर्छन् । त्यसैले बुवाले घरको काममा महिला सदस्यलाई अघि बढेर मद्दत गर्छन् वा आमा बुवाले जिम्मेवारी बराबर बाँडेर काम गर्छन् भने छोराहरूले पनि जिम्मेवारी बाँड्न सिक्छन् र घरको महिला सदस्य वा महिला मित्रलाई मद्दत गर्नु आफ्नो जिम्मेवारी ठान्छन् । 

familyयदि पिताले खराब अवस्थामा पनि आफ्नो रिस व्यक्त गर्दैनन् वा रिसलाई नियन्त्रण गर्दै सबै ऊर्जा सही निर्णय लिनमा खर्च गर्छन् भने छोरामा यसको निकै सकारात्मक असर पर्छ । यस्ता बच्चाहरू झगडा गर्न अघि बढ्दैनन् र उनीहरुले अरूको समस्या बुझ्न र समाधान खोज्न सिक्छन् । यसै कारण यस्ता बच्चाहरू निकै सामाजिक हुन्छन् र मानिसहरूले उनीहरूलाई मन पनि पराउँछन् । 

कोही बुवाले आफ्ना सन्तानसँग निकै खुल्ला संवाद गर्छन् र उनीहरूलाई आफू वरिपरिका मानिसहरू खुसी हुँदा आफ्नो खुसी पनि बढ्छ भन्ने कुरा सिकाउँछन् । त्यसैले आफू वरिपरिका मानिसको समस्या हटाउन मद्दत गर्नुहोस् । यस्ता संवाद बुवाले आफ्नो छोराहरूसँग गरेको खण्डमा यसले उनीहरूको मानसिकतामा गहिरो असर पार्छ र वरिपरिका मानिसलाई खुसी राख्नु, उनीहरूको मद्दत गर्नु र केयर गर्नु आफ्नो जिम्मेवारी हो भनेर बुझ्न थाल्छन् । 

अलप्रोड्याडका अनुसार बुवाले मानिसलाई सजिलै माफी दिएको खण्डमा पनि यसको असर बच्चामाथि निकै सकारात्मक तरिकाले पर्छ । यसो गर्दा बच्चाले माफी दिनु केयर गर्ने एउटा तरिका हो भनेर बुझ्छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप