शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपाको ३११ सदस्यीय केन्द्रीय समिति सार्वजनिक, ६४ जना पदाधिकारी (नामावलीसहित)

सोमबार, ०८ असोज २०८०, १७ : ००
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले ३११ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । विस्तारित समितिमा एकजना अध्यक्षसहित ६४ जना पदाधिकारी रहेका छन् । जसमा महन्थ ठाकुर अध्यक्ष रहेका छन् भने राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झासहित तीन जनाले वरिष्ठ नेताकाे जिम्मेवारी पाएका छन् । नेता सर्वेन्द्रनाथ शुक्लालाई  वरिष्ठ सहअध्यक्षको जिम्मेवारी दिइएको छ ।

नेताहरु जितेन्द्र सोनल, उमाकान्त झा, लक्षणलाल कर्ण, अकवाल अहमद शाह निर्जला राउत गरी ६ जना वरिष्ठ उपाध्यक्ष रहेका छन् भने उपाध्यक्ष १५ जना रहेका छन् । त्यस्तै १६ जनालाई महासचिवको जिम्मेवारी दिइएको छ भने यसअघिका वरिष्ठ उपाध्यक्ष राउत र महासचिव कविन्द्रनाथ ठाकुरलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, सहमहासचिव ८ जना, सचिव ११ जना, प्रवक्ता र सहकोषाध्यक्ष १–१ जना रहेका छन् । जनता समाजवादी पार्टीबाट अलग भएर लोसपा नेपाल गठन भएको दुई वर्षभन्दा बढी समय बितेपछि मात्र यो केन्द्रीय समितिको नामावली बाहिर आएको हो । आज बसेको शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको नामावाली सार्वजनिक गरेका हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप