लोसपाको ३११ सदस्यीय केन्द्रीय समिति सार्वजनिक, ६४ जना पदाधिकारी (नामावलीसहित)
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले ३११ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । विस्तारित समितिमा एकजना अध्यक्षसहित ६४ जना पदाधिकारी रहेका छन् । जसमा महन्थ ठाकुर अध्यक्ष रहेका छन् भने राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झासहित तीन जनाले वरिष्ठ नेताकाे जिम्मेवारी पाएका छन् । नेता सर्वेन्द्रनाथ शुक्लालाई वरिष्ठ सहअध्यक्षको जिम्मेवारी दिइएको छ ।
नेताहरु जितेन्द्र सोनल, उमाकान्त झा, लक्षणलाल कर्ण, अकवाल अहमद शाह निर्जला राउत गरी ६ जना वरिष्ठ उपाध्यक्ष रहेका छन् भने उपाध्यक्ष १५ जना रहेका छन् । त्यस्तै १६ जनालाई महासचिवको जिम्मेवारी दिइएको छ भने यसअघिका वरिष्ठ उपाध्यक्ष राउत र महासचिव कविन्द्रनाथ ठाकुरलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, सहमहासचिव ८ जना, सचिव ११ जना, प्रवक्ता र सहकोषाध्यक्ष १–१ जना रहेका छन् । जनता समाजवादी पार्टीबाट अलग भएर लोसपा नेपाल गठन भएको दुई वर्षभन्दा बढी समय बितेपछि मात्र यो केन्द्रीय समितिको नामावली बाहिर आएको हो । आज बसेको शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको नामावाली सार्वजनिक गरेका हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण