टिचिङ अस्पतालका आवासीय चिकित्सक आन्दोलित, आकस्मिक सेवाबाहेक सबै सेवा बन्द
काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरूले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेका छन् । शृङ्खलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएको अस्पतालका उप निर्देशक तथा छाती रोग विशेषज्ञ डा सन्त कुमार दासले जानकारी दिए ।
लगातार स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि हातपात भइरहेकाले काम गर्ने वातावरण नभएको भन्दै ५ सय जना आवासीय चिकित्सकले आकस्मिक बाहेक अन्य सेवा ठप्प पारी आन्दोलित भएको उनले बताए । ‘पोखरा लमजुङ, चितवन हेटौँडा लगाएका ठाउँमा लगातार चिकित्सकमाथि हातपात भइरहेको अवस्था कसरी काम गर्न सकिन्छ भन्दै उहाँहरू आन्दोलित हुनुभएको हो । तीनदेखि चार बजेसम्म उहाँसँग अस्पतालले छलफल गर्छ । तर, यो आन्दोलन कहिलेसम्म जान्छ थाहा छैन,’ उनले भने,
चिकित्सकको सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने रेसिडेन्ट डाक्टरहरूले अडान लिएका छन् । ‘आजका लागि आकस्मिक सेवा उपलब्ध गराउन अस्पतालले चिकित्सक व्यवस्थापन गरेको छ,’ उनले भने, ‘आवासीय चिकित्सकहरू फ्रन्टलाइनमा धेरै समय खटिनु हुन्छ । बढी आक्रमणमा पर्ने उहाँहरू बढी हुनुहुन्छ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण