डा.दासलाई सरकारले उच्च सम्मानबाट सम्मानित गर्नुपर्छ : मन्त्री आचार्य
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दिव्य शताब्दी पुरुष डा.गौरीशंकर लाल दासलाई सरकारले उच्च सम्मानबाट सम्मानित गर्नुपर्ने बताएका छन् ।
मंगलबार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उनले यस्तो बताएका हुन् । उनले विगतमा समेत नेपाल सरकारले राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गरेका विशिष्ट व्यक्तित्वहरु राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशीलाई उहाँहरुको जीवन कालमा उपाधि एवं अभिनन्दनद्वारा सम्मान गरिएको भन्दै उनले डा. दासलाई पनि सोही स्तरको सम्मान दिनुपर्ने धारणा राखे । उनले नेपाली समाजमा गरेको योगदानलाई चीर पर्यन्त सम्झनामा रही रहोस् भनेर सम्मान दिने गरिएको स्मरण गरे ।
मन्त्री आचार्यले समाजमा विद्यमान विशिष्ट व्यक्तित्वहरुको बारेमा ती व्यक्तिहरुले गरेको योगदानको मूल्यांकन गरी कदर सम्मान एवं अभिनन्दन गर्नु सभ्य सुसंस्कृत र आधुनिक समाजको परिचय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण