शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अनिल कपुरका कारण अन्नुले फेर्नुपर्‍यो नाम : भने, ‘उनी हिरो, म जिरो, मैले नै सम्झौता गर्नुपर्‍यो ’

बुधबार, १० असोज २०८०, ११ : ३८
बुधबार, १० असोज २०८०

बलिउड अभिनेता अन्नु कपुरले आफूले अभिनय शौकका कारण नभई केवल पैसाका लागि मात्रै गरेको बताएका छन् । स्मरण रहोस्, आजकाल अभिनेता आफ्नो शर्ट फिल्म ‘द लास्ट एनभेलप’ का कारण चर्चामा छन् । हालै उनले एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा अन्नुले आफ्नो व्यावसायिक जीवनबारे कुराकानी गरेका छन् । रोचक कुरा के छ भने अन्नु कपुरले बलिउड अभिनेता अनिल कपुरका कारण आफ्नो नाम फेर्नुपरेको थियो । यसको पूरा कहानी के हो त ?

के तपाईंले अनिल कपुरका कारण आफ्नो नाम फेर्नुपरेको थियो ?

वास्तवमा म सन् १९८२ मा मुम्बई आएको थिएँ त्यति बेला अनिल कपुर स्टार बनिसकेका थिए । उनी १९५६ मा जन्मिएका हुन् र मेरो जन्म त्यसै वर्ष फेब्रुअरीमा भएको थियो, तर यसले कुनै फरक पर्दैन । अब उनी हिरो हुन् र म जिरो । जो जिरो हुन्छन्, उसैले सम्झौता गर्नुपर्छ । अर्को कुरा हाम्रो देशमा अनिल, अनुराग, अनुपम, अनीश, अनवर, अनुराधाजस्ता नामको निक नेम अन्नु नै राखिन्छ । घरमा अन्नु नै भनेर बोलाइन्थ्यो त्यसैले मैले त्यही नाम फेरेँ । तर अन्नु कपुरको नामले मैले जे पाएको छु, त्यसका लागि म सधैँ आभारी छु । मैले जे जति पाएँ त्यसमा आफ्नो उत्कृष्ट दिने कोसिस गरेँ । हुन त अनिल कपुरसँग मेरो कुनै भेटघाट भने छैन ।’

सर्ट फिल्म ‘द लास्ट एनभेलप’ बारे केही भन्नु न

फिल्मको कहानी एक वृद्ध व्यक्तिको वरिपरि घुम्छ । वृद्धले एक्लोपन हटाउन एक अभिनेतालाई भाडामा लिन्छन् । यो फिल्ममार्फत् हामीले वृद्ध–वृद्धाको एक्लोपन देखाउने कोसिस गरिरहेका छौँ । वास्तवमा, अब संयुक्त परिवारको अवधारण बिस्तारै हराउँदै गएको छ । यो असाध्यै दुःखको कुरा हो । यस्तोमा वृद्ध–वृद्धालाई सक्षम बनाउनु निकै आवश्यक छ । 

४० वर्षमा कहिल्यै उद्योग छोड्ने विचार आएन ?

भिखारी चयनकर्ता हुन सक्दैन । यस्तो खालको विचार कहिल्यै मेरो दिमागमा आएन । मसँग मेरी श्रीमती र तीन सन्तान छन् । यस्ता कुराहरू ठुलठुला मानिसको मनमा मात्रै आउँछ, जसले केही पाइसकेका हुन्छन् । हामी जस्ता कृषक, किसान र गरिब मानिसको मनमा यस्तो विचार आउँदैनन् । जति दिनसम्म जिन्दगी चलिरहेको छ, त्यति दिनसम्म काम गर्नेछु र पैसा कमाउनेछु । मलाई अभिनयको कुनै शौक छैन, न नै यो मेरो प्यासन हो । 

कहिल्यै पैसाका लागि कुनै प्रोजेक्ट गर्नुभएको छ ?

असाध्यै धेरै । अहिलेसम्म त मैले पैसाकै लागि त धेरै काम गरेको छु । मनका लागि काम गरेँ भने  भोकै मर्नेछु । घरका लागि रोटी कमाउन सक्दिनँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप