बैंक खातामा पैसा नभई आईपीओ भरे अब तुरुन्त रिजेक्ट हुने
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आईपीओ/एफपीओ सम्बन्धी एपीआई कार्यविधि कार्यान्वयनमा ल्याएको छ । हालैमात्र बोर्डमार्फत पारित एपीआई कार्यविधिले सेयर खरिदकर्ताको आवेदनमा कडाइ गर्ने भएको छ ।
बैंक खातामा पैसा नभई आईपीओ भरे अब तत्काल रिजेक्ट (आवेदन रद्द) हुनेछ । रियल टाइम डाटाका लागि यस्तो व्यवस्था गरिएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । एपीआई प्रणालीको कार्यान्वयनसँगै सीडीएसको डाटाको काम गर्ने जोकोही अनुमति प्राप्त कम्पनीले रियल टाइम डाटा सेटल गर्न सक्ने कम्पनीको भनाइ छ ।
हाल यस्तो व्यवस्था नहुँदा आईपीओमा ठुलो सङ्ख्यामा आवेदन पर्ने तर पछि खातामा पर्याप्त रकम नहुँदा आवेदन रद्द गर्नुपर्ने बाध्यता पर्ने गरेको छ । जसले बिक्रेता र व्यवस्थापक दुबैलाई हैरानी हुने गरेको छ ।
एपीआई सिस्टम कार्यान्वयनमा आएपछि वालेटहरूले इन्ट्रिग्रेसन गरेर पेमेन्ट गर्न सक्छन् भने सोझै सीडीएसको सिस्टममा इन्ट्रिग्रेसन गर्न सकिने छ । ब्रोकर, डीपी, नेप्से, बैंक यिनीहरुलाई बैंक आस्वा मेम्बरहरूलाई के के डाटा चाहिन्छ त्यो एपीआईमार्फत नै दिन सकिन्छ ।
अब बैंक खातामा पैसा छ भने तुरुन्तै भेरिफाइ र छैन भने रिजेक्ट हुनेछ । तर यसका लागि बैंकले सिस्टम डेभलप गर्नुपर्ने सीडीएसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण