बैंक खातामा पैसा नभई आईपीओ भरे अब तुरुन्त रिजेक्ट हुने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आईपीओ/एफपीओ सम्बन्धी एपीआई कार्यविधि कार्यान्वयनमा ल्याएको छ । हालैमात्र बोर्डमार्फत पारित एपीआई कार्यविधिले सेयर खरिदकर्ताको आवेदनमा कडाइ गर्ने भएको छ ।
बैंक खातामा पैसा नभई आईपीओ भरे अब तत्काल रिजेक्ट (आवेदन रद्द) हुनेछ । रियल टाइम डाटाका लागि यस्तो व्यवस्था गरिएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । एपीआई प्रणालीको कार्यान्वयनसँगै सीडीएसको डाटाको काम गर्ने जोकोही अनुमति प्राप्त कम्पनीले रियल टाइम डाटा सेटल गर्न सक्ने कम्पनीको भनाइ छ ।
हाल यस्तो व्यवस्था नहुँदा आईपीओमा ठुलो सङ्ख्यामा आवेदन पर्ने तर पछि खातामा पर्याप्त रकम नहुँदा आवेदन रद्द गर्नुपर्ने बाध्यता पर्ने गरेको छ । जसले बिक्रेता र व्यवस्थापक दुबैलाई हैरानी हुने गरेको छ ।
एपीआई सिस्टम कार्यान्वयनमा आएपछि वालेटहरूले इन्ट्रिग्रेसन गरेर पेमेन्ट गर्न सक्छन् भने सोझै सीडीएसको सिस्टममा इन्ट्रिग्रेसन गर्न सकिने छ । ब्रोकर, डीपी, नेप्से, बैंक यिनीहरुलाई बैंक आस्वा मेम्बरहरूलाई के के डाटा चाहिन्छ त्यो एपीआईमार्फत नै दिन सकिन्छ ।
अब बैंक खातामा पैसा छ भने तुरुन्तै भेरिफाइ र छैन भने रिजेक्ट हुनेछ । तर यसका लागि बैंकले सिस्टम डेभलप गर्नुपर्ने सीडीएसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता