एमसीसीकी सीईओ अल्ब्राइट नेपाल आउँदै
काठमाडौँ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयनको चरणमा प्रवेश गरेसँगै मिलेनियम च्यालेन्ज कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस प्याटरसन अल्ब्राइट नेपाल आउने भएकी छन् । अल्ब्राइट असोज १४ गते नेपाल आउने तालिका तय भएको हो ।
नेपाल र एमसीसीबीच २०७४ भदौ २९ गते नेपाल कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौता संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसीस्थित अमेरिकी विदेशमन्त्रालयमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की तथा एमसीसीका कामु प्रमुख कार्यकारी अधिकृत जोनाथन नाशले हस्ताक्षर गरेका थिए । यस कार्यक्रम अन्तरगत विद्युत् प्रशारण लाइन निर्माण तथा सडक मर्मतसम्भारसम्बन्धी दुईवटा आयोजना रहेका छन् ।
गत भदौ १३ गते नेपाल र एमसीसीबीच एमसीसी नेपाल कम्प्याक्टको पूर्वतयारी चरणमा यथेष्ट प्रगति भएको सहमतिपछि कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा गरिएको थियो । पाँच वर्षको समयसीमा भित्र कम्प्याक्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न हुने भनिएको छ ।
अल्ब्राइटसहितको प्रतिनिधिमण्डल असोज १८ गते फर्किने बताइएको छ । यसबीचमा टोलीले आयोजनाको प्रगतिबारे जानकारी लिनुका साथै उच्चस्तरीय भेटवार्ता गर्नेछन् । अल्ब्राइटले ग्लोबल पार्टनरसीप फर एजुकेजनको सीईओको रुपमा सन् २०१४ मा नेपाल पनि नेपालको भ्रमण गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण