अवैध कारोबार
दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद
बिहीबार, ११ असोज २०८०, १० : ०४
काठमाडौँ । प्रहरीले दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद गरेको छ । सुन जस्तो देखिने चार थान बिस्कुट बरामद गरिएको दोलखाका डिएसपी दीपक खड्काले रातोपाटीलाई बताए ।
खड्काले भने–‘सुन जस्तो देखिने धातु बरामद गरेर परीक्षणका लागि पठाएका छौँ ।’ इलाका प्रहरी कार्यालय सिंगटी र जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले सुन कारोबारमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तिब्बत र दोलखाको सिमाना फलेक हुँदै सो सुन सिंगटीमा ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण