ॐ हस्पिटल र नेपाल एसबीआई बैंकबीच छुट सम्झौता
काठमाडौँ । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल एसबीआई बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
बैंकको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक संक्षिप्त कार्यक्रममा नेपाल एसबीआई बैंकका म्यानेजिङ डाइरेक्टर तथा सीईओ दीपक कुमार डेको उपस्थितिमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र नेपाल एसविबई बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत समेत रहेका प्रमुख वित्तीय अधिकृत रिजवान आलमले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
समारोहमा नेपाल एसविआई बैंकका तर्फवाट चिफ अपरेटिङ अफिसर यादवेन्दर कान्त, चिफ विजनस डेभलोपमेन्ट अफिसर रितेश अर्याल, विजनश डेभलोपमेन्ट म्यानेजर सुमन सिलवालको उपस्थिति थियो भने ॐ हस्पिटलका तर्फवाट विजनस डेभलोपमेन्ट म्यानेजर विनोद अधिकारी लगायतको सहभागिता थियो।
सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु , कर्मचारीहरु तथा योनो नेपाल एसविआई मोवाइल एप प्रयोगकर्ताले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण