पाकिस्तान : मस्जिद नजिकै आत्मघाती हमला, ५२ जनाको मृत्यु
पाकिस्तानमा भएको एक भीषण विस्फोटमा ५२ जना मारिएको खबर छ । यो विस्फोट शुक्रवार बलोचिस्तान प्रान्तमा एक मस्जिद नजिकै भएको हो जहाँ मानिसहरू पैगम्बर मुहम्मदको जयन्ती मनाउन जम्मा भएका थिए ।
प्रहरीलाई मस्तुङ सहरमा धार्मिक भीडलाई निशाना बनाउनका लागि यो आत्मघाती हमला गरेको हुनसक्ने आशङ्का छ ।
जिल्ला स्वास्थ्य अधिकारी मस्तुंग रशीद मुहम्मद सईदले मस्तुङ जिल्लामा अल फलाह रोडस्थित मदिना मस्जिद नजिकै भएको विस्फोटमा कम्तीमा ५२ जना मारिएका छन् र दर्जनौँ घाइते भएका छन् ।
मृत्यु हुनेमा डिएसपी नवाज गशगुरी पनि छन् । मस्तुङका सहायक आयुक्त अत्ता अल-मुनैमका अनुसार सहरको मदिना मस्जिद नजिकै इद अल–मिलाद अल–नबी मनाउन मानिसहरू भेला भइरहेका बेला विस्फोट भएको थियो ।
घाइतेलाई दुई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । मस्तुङ शाहका दुई प्रहरी अधिकारीले मृत्यु हुनेको सङ्ख्या बीबीसी समाचारलाई पुष्टि गरेका छन् ।
गृहमन्त्री सरफराज बुग्तीले विस्फोटलाई ‘घृणित कार्य’ भनेका छन् ।
सामाजिक सञ्जालमा उपलब्ध धेरै भिडियोमा उद्धारकर्मी र स्थानीयवासीले घाइतेलाई बचाउने प्रयास गरिरहेको देखिन्छ ।
यस आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण