१ लाख ५० हजार रुपैयाँ घुुससहित कर्मचारी पक्राउ
शुक्रबार, १२ असोज २०८०, १७ : ०९
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग घुस माग गरेको उजुरी निवेदनका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई १ लाख ५० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा इनरुवा नगरपालिका वडा नम्बर ३ स्थित मालपोत चोकबाट नियन्त्रणमा लिइएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
शुक्रबार पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण