मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

१ लाख ५० हजार रुपैयाँ घुुससहित कर्मचारी पक्राउ

शुक्रबार, १२ असोज २०८०, १७ : ०९
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । 

 जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग घुस माग गरेको उजुरी निवेदनका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई १ लाख ५० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा इनरुवा नगरपालिका वडा नम्बर ३ स्थित मालपोत चोकबाट नियन्त्रणमा लिइएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

शुक्रबार पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप