बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रामोशको आत्मघाती गोल गरेपछि बार्सा शीर्ष स्थानमा

शनिबार, १३ असोज २०८०, ०६ : ३६
शनिबार, १३ असोज २०८०

क्याम्प नाउ । सर्जियो रामोशले आत्मघाती गोल गरेपछि बार्सिलोनाले सेभियालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

रियल मड्रिडका लिजेन्ड रहेका रामोश दुई वर्ष पेरिस सेन्ट जर्मेनमा रहेपछि यो सिजन सेभिया आइपुगेका हुन् । ला लिगामा बार्साविरुद्ध कीर्तिमानी ३४ औँ खेल खेलिरहेका ३७ वर्षीय खेलाडीले लामिन यामालको हेडेरलाई आफ्नै पोस्टतर्फ दिशा देखाएका थिए । ७६ औँ मिनेटमा गरिएको यो आत्मघाती गोल नै निर्णायक बन्यो ।

यसअघि पहिलो हाफमा जोआओ फेलिक्सको प्रहार क्रस बारमा लागेको थियो । खेलमा बार्सिलोनाले राफिनालाई चोटग्रस्त हुँदै गुमाएको थियो ।

बार्सिलोनामाथि भ्रष्टाचारको आरोप लागेका कारण शुक्रबार रातिको खेलमा सेभियाका कोही पनि प्रतिनिधि खेल हेर्न उपस्थित भएनन् । रेफ्रीलाई पैसा दिएको आरोपमा यूईएफएले पनि अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप