रामोशको आत्मघाती गोल गरेपछि बार्सा शीर्ष स्थानमा
शनिबार, १३ असोज २०८०, ०६ : ३६
क्याम्प नाउ । सर्जियो रामोशले आत्मघाती गोल गरेपछि बार्सिलोनाले सेभियालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
रियल मड्रिडका लिजेन्ड रहेका रामोश दुई वर्ष पेरिस सेन्ट जर्मेनमा रहेपछि यो सिजन सेभिया आइपुगेका हुन् । ला लिगामा बार्साविरुद्ध कीर्तिमानी ३४ औँ खेल खेलिरहेका ३७ वर्षीय खेलाडीले लामिन यामालको हेडेरलाई आफ्नै पोस्टतर्फ दिशा देखाएका थिए । ७६ औँ मिनेटमा गरिएको यो आत्मघाती गोल नै निर्णायक बन्यो ।
यसअघि पहिलो हाफमा जोआओ फेलिक्सको प्रहार क्रस बारमा लागेको थियो । खेलमा बार्सिलोनाले राफिनालाई चोटग्रस्त हुँदै गुमाएको थियो ।
बार्सिलोनामाथि भ्रष्टाचारको आरोप लागेका कारण शुक्रबार रातिको खेलमा सेभियाका कोही पनि प्रतिनिधि खेल हेर्न उपस्थित भएनन् । रेफ्रीलाई पैसा दिएको आरोपमा यूईएफएले पनि अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण