ह्वेल माछाले डुङ्गा पल्टाउँदा एक जनाको मृत्यु, एक घाइते
शनिबार, १३ असोज २०८०, १४ : ५५
सिड्नी । अस्ट्रेलियाको सिड्नी नजिक स्थानीय समय अनुसार शनिबार बिहान ह्वेल माछाले डुङ्गा पल्टाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना अस्पतालमा भर्ना भएका छन् ।
स्थानीय समय अनुसार बिहान ६ बजे बोटनी बेको हेडल्याण्ड बाहिर दुईजना मानिस पानीमा डुबेको रिपोर्टलाई आएको न्यू साउथ वेल्स वाटर पुलिस कार्यवाहक सुपरिटेन्डेन्ट सिओभान मुनरोले जानकारी दिइन् ।
‘डुङ्गाबाट दुई पुरुष व्यक्तिलाई उद्धार गरिएको थियो,’ मुनरोले भनिन्, ‘ती मध्ये एकको मृत्यु भएको पुष्टि भएको थियो। प्रारम्भिक रिपोर्टहरूमा एक ह्वेलका कारण डुङ्गा पल्टेको हुन सक्ने पाइएको छ ।’ डुङ्गालाई बरामद गरिएको र अब त्यसको फोरेन्सिक परीक्षण हुने मुनरोले बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण