ह्वेल माछाले डुङ्गा पल्टाउँदा एक जनाको मृत्यु, एक घाइते
शनिबार, १३ असोज २०८०, १४ : ५५

सिड्नी । अस्ट्रेलियाको सिड्नी नजिक स्थानीय समय अनुसार शनिबार बिहान ह्वेल माछाले डुङ्गा पल्टाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना अस्पतालमा भर्ना भएका छन् ।
स्थानीय समय अनुसार बिहान ६ बजे बोटनी बेको हेडल्याण्ड बाहिर दुईजना मानिस पानीमा डुबेको रिपोर्टलाई आएको न्यू साउथ वेल्स वाटर पुलिस कार्यवाहक सुपरिटेन्डेन्ट सिओभान मुनरोले जानकारी दिइन् ।
‘डुङ्गाबाट दुई पुरुष व्यक्तिलाई उद्धार गरिएको थियो,’ मुनरोले भनिन्, ‘ती मध्ये एकको मृत्यु भएको पुष्टि भएको थियो। प्रारम्भिक रिपोर्टहरूमा एक ह्वेलका कारण डुङ्गा पल्टेको हुन सक्ने पाइएको छ ।’ डुङ्गालाई बरामद गरिएको र अब त्यसको फोरेन्सिक परीक्षण हुने मुनरोले बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म