मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मुख तथा अनुहारसम्बन्धी शल्य चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा

शनिबार, १३ असोज २०८०, २१ : ३७
शनिबार, १३ असोज २०८०

काठमाडौँ । मुख तथा अनुहारसम्बन्धी शल्य चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । मुख तथा अनुहारको शल्य चिकित्सा क्षेत्रको नयाँ–नयाँ ज्ञान, सीप र प्रविधि भित्र्याउने उद्देश्यकासाथ  शनिबारबाट सो अन्तराष्ट्रिय सम्मेलन शुरु भएको हो ।

दुई दिनसम्म चल्ने सो सम्मेलनमा विभिन्न ६ वटा मुलुकका मुख तथा अनुहारसम्बन्धि विशेषज्ञहरुले नौ वटा कार्यपत्र प्रश्तुत गर्नेछन् । मुख तथा अनुहारको शल्य चिकित्साका लागि विश्वका नयाँनयाँ ज्ञान र सीप भित्र्याउने उद्देश्यका साथ सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालमा आयोजना गरिएको नेप्लिज एशोसिएशन अफ ओरल एण्ड म्याक्सिल्लोफेसियल सर्जन (एनएओएमएस) का महासचिव डा. किशोर भण्डारीले बताए । 

उनले भने, ‘सम्मेलनमा हामीले संसारका यस विधाका विज्ञहरुलाई बोलाएका छौं । जसमा हाम्रो ६ विभिन्न देशहरुबाट नौं जनाको उपस्थिति रहेको छ । उहाँहरुले आज र भोली हाम्रो मुख तथा अनुहार शल्य चिकित्साको विभिन्न विधाहरु जस्तो मुखको क्यान्सर भयो, अनुहारमा विकृतिहरु भयो, त्यसपछि आएर दन्त प्रत्यारोपण भयो, अनुहारको कष्मेटिक सर्जरी भयो । यससँग सम्बन्धित विभिन्न महत्वपूर्ण शीर्षकहरु उहाँहरुले आफ्नो कार्यपत्रहरु प्रस्तुत गर्नु हुनेछ । र, यसले अन्तराष्ट्रिय क्षेत्रका विशेषज्ञहरुसँग पनि सहकार्य गरेर शल्य चिकित्साको क्षेत्रमा काम गर्न सहज पनि हुने विश्वास लिएका छौं ।’

अन्तर्राष्ट्रिय सम्मेलनमा भारत, पाकिस्तान, श्रीलंका, इटाली, बेल्जियम लगायतका मुलुकहरुका ख्यातीप्राप्त शल्य चिकित्सकहरु सहभागी भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप