आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
महानगरलाई धन्यवाद भन्दै सडक व्यवसायीहरुले निकाले र्‍याली, तस्बिरहरू
फोटोफिचर

महानगरलाई धन्यवाद भन्दै सडक व्यवसायीहरुले निकाले र्‍याली, तस्बिरहरू

आइतबार, १४ असोज २०८०

काठमाडौँ । सडक व्यवसायीहरूको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिका तयार भएपछि आइतबार काठमाडौँमा धन्यवाद र्‍यालीको आयोजना गरिएको छ । सडक व्यवसायीहरूले रत्नपार्कदेखि काठमाडौँ महानगरपालिकाको कार्यालयसम्म प्लेकार्ड बोकेर र्‍याली गरेका हुन् ।

सडक व्यवसायीसँग अभियन्ता ईः पनि रहेका थिए । ईः कै पहलमा काठमाडौँ महानगर सडक व्यवसायीहरूको व्यवस्थापन गर्न तयार बनेको हो । साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबिच चार बुँदे सहमति भएको थियो ।  

सहमतिमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरू महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने उल्लेख छ । 

यस्तै महानगरले अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ । समितिमा महानगरपालिकाका तर्फबाट तीन जना, अभियन्ताका तर्फबाट दुई जना प्रतिनिधि र भौतिक तथा यातायात मन्त्रालयबाट एक जना प्रतिनिधि रहने उल्लेख छ ।

समितिले २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्नुपर्ने छ । यस्तै फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेका स्थान बाहेक  उपयुक्त स्थानको पहिचान गर्न महानगरपालिकाले  एक हप्ताभित्र पहल गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया