टर्कीको राजधानी अंकारामा संसद् भवन नजिकै आतङ्कवादी हमला
आइतबार, १४ असोज २०८०, १३ : ५८

टर्कीको राजधानी अंकारामा आइतबार संसद् भवन नजिकै विस्फोट भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीका आन्तरिक मामिला मन्त्रीले भने, ‘दुई आतङ्कवादीले संसद् र मन्त्रालयको भवन बाहिर हमला गरे । एकलाई जवाफी कारवाहीमा मारिएको छ, दोस्रोले आफैँलाई उडाए ।’
आक्रमणमा दुई सुरक्षाकर्मी पनि घाइते भएको आन्तरिक मामिला मन्त्रीले बताए । समाचार एजेन्सी एएफपीका अनुसार संसद् भवन नजिकै विस्फोट भएको हो ।
टर्कीको आन्तरिक मन्त्रालयले भनेको छ, ‘आइतबार बिहान ९ः३० बजे दुई आतङ्ककारी गाडीमा आएर मन्त्रालयको गेट नजिकै बम विस्फोट गराए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की