फिल्मको विकासमा सरकारले चासो राखेको छ : मन्त्री किराँती
काठमाडाैँ । फिल्म ‘बालापन’को प्रिमियर गरिएको छ । शनिवार चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा गरिएको प्रिमियरमा संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको समेत सहभागिता रहेको थियो ।
प्रिमियरपछि बोल्दै मन्त्री किराँतीले फिल्मले समाजका यथार्थ चित्रण गरेको बताए । उनले आर्थिक विकासका लागि फिल्म मेरुदण्ड रहेकाले फिल्मको विकासमा सरकारको चासो रहिरहेको बताए ।
चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले फिल्मले जस्तोसुकै विषय उठान गरे पनि अहिलेको अवस्थामा व्यावसायिक सफलताको खाँचो रहेको औँल्याए । ‘फिल्मलाई शुभकामनाले मात्र हुँदैन । फिल्म भित्र चाहिने हरेक कुरा हुनुपर्छ । फिल्म क्षेत्रमा नयाँ मान्छे आएनन् भने फिल्म क्षेत्र चलायमान हुँदैन’, उनले भने ।
निर्माता हट मिलन राईले फिल्म विशुद्ध समाजसेवा, दिन दुखी, असहाय, अनाथ बालबालिकाको सहयोगार्थ निर्माण गरिएको बताए । ‘हामी नेपालका विभिन्न जिल्लासँगै अमेरिका, क्यानडा, अस्ट्रेलिया, युके, हङकङ, युएईलगायतका देशहरूमा फिल्मको प्रिमियर गर्दैछौं’, उनले भने ।
शिव आर जीको निर्देशन रहेको फिल्ममा सबिन श्रेष्ठ, प्रियंका कार्की, धिरेन शाक्य, सोनी बिसी, सुनिल थापा, राजेन्द्रकुमार थापा, रेस फिरिरि, प्रभुराम कार्की, तिलबहादुर कार्की, हट मिलन राई र बाल कलाकारद्वय रितेश दुवाडी तथा आरोही कार्कीलगायतका कलाकारको अभिनय छ ।
एन्जिलेना फिल्मस् प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका रामकृष्ण खरेलको छायांकन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण