मंगलबार लोसपाको पदाधिकारी बैठक बस्ने
सोमबार, १५ असोज २०८०, १२ : ३५
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक बस्ने भएको छ । मंगलबार सो पार्टीको पदाधिकारी बैठक बस्ने भएको हो ।
सो पार्टीको पदाधिकारीसहित नयाँ केन्द्रीय समिति सार्वजनिक भएपछि पहिलो बैठक बस्ने भएको हो । लोसपाले असोज ८ गते ३११ सदस्यीय केन्द्रीय कार्य समिति सर्वजनिक गरेको छ । जसमा ६३ जना पदाधिकारी रहेका छन् ।
लोसपाका सचिव मनिष मिश्रकाअनुसार पदाधिकारी चयन भएपछिको यो पहिलो बैठक बस्न थालेको हो । यो बैठकले पार्टी संगठन तथा समसामयिक विषयमा छलफल गर्ने उनले बताए ।
‘केन्द्रीय समितिप्रति पार्टीभित्र नै असन्तुष्टि छ । केन्द्रीय समितिमा केही आउनै पर्ने नेता आएका छन्, केही नआउनुपर्ने पनि आएका छन् । पदाधिकारी गठन पनि भद्रगोल भएको छ, यी सबै विषयमा छलफल हुने सम्भावना रहेको छ’ सो पार्टी निकट स्रोतले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण