एकदिवसीय विश्वकप क्रिकेट : आईसीसीले हटायो ‘बाउन्ड्री काउन्ट ब्याक’ नियम
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १३ औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । विश्वकपका खेलहरु भारतका विभिन्न सहरका १० वटा रंगशालामा खेलाइने छ । विश्वकप अवधिभर कुल ४८ वटा खेल खेलाइने छ ।
तर, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यो विश्वकपमा एउटा नियममा परिवर्तन गरेको छ । आईसीसीका अनुसार, यो विश्वकपमा ‘बाउन्ड्री काउन्ट ब्याक’ नियम लागू हुने छैन । अघिल्लो विश्वकपको फाइनलमा ‘बाउन्ड्री काउन्ट ब्याक’ नियमकै आधारमा हारजितको निणर्य लिइएको थियो ।
लर्डसमा इङ्ल्यान्ड र न्युजिल्यान्डबीच खेलिएको १२ औँ विश्वकपको फाइनल खेल निकै रोमाञ्चक बनेको थियो । टस जिती पहिलो ब्याटिङको निणर्य लिएको न्युजिल्यान्डले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ४१ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको इङ्ल्यान्डले पनि निर्धारित ओभरमा अलआउट हुनुअघि दुई सय ४१ रन नै बनाएको थियो । त्यसपछि खेल सुपर ओभरमा गएको थियो । अत्यन्तै रोमाञ्चक सुपर ओभरको खेल पनि बराबरीमा सकिएको थियो । त्यसपछि ‘बाउन्ड्री काउन्ट ब्याक’ नियमका आधारमा इङ्ल्यान्डले उपाधि चुमेको थियो । ‘बाउन्ड्री काउन्ट ब्याक’ नियमका आधारमा दुबै टोलीले प्रहार गरेको बाउन्ड्रीको गणना गरिएको थियो । खेलका क्रममा इङ्ल्यान्डले २६ र न्युजिल्यान्डले १७ वटा बाउन्ड्री प्रहार गरेका थिए । त्यसैले फाइनलमा इङ्ल्यान्डलाई विजयी घोषित गरिएको थियो ।
१३ औं विश्वकपमा नकआउट चरणको खेल बराबरी भए सुपर ओभर खेलाइने छ । सुपर ओभरको खेल पनि बराबरी भए पुनः अर्को सुपर ओभर खेलाएर हारजितको निणर्य निकालिने छ । ‘बाउन्ड्री काउन्ट ब्याक’ नियमको ब्यापक विरोध भएपछि आईसीसीले सुपर ओभर नै खेलाएर हारजितको निणर्य निकाल्ने नीति लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण