संसदीय समितिले छलफलका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालालाई बोलायो
काठमाडौँ । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।
दसैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै यातायातको व्यवस्थापनबारे सचेत गराउने उद्देश्यका साथ असोज १७ गते बुधवार बस्ने समितिको बैठकमा मन्त्री ज्वालासहितका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो ।
दसैँ, तिहारजस्ता चाडपर्वमा काठमाडौँ उपत्यकाबाट घर जाने सबैलाई यातायातको उचित व्यवस्था गर्न र बाढी, पहिरोले तहसनहस बनाएका सबै सडकहरु पुनर्निर्माणको काम छिटो सम्पन्न गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीसँगै छलफल गर्ने निर्णय गरिएको समितिका सभापति दीपकबहादुर सिंहले बताए ।
समितिको बैठक असोज १७ गते बुधवार बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा मन्त्री ज्वाला समक्ष समितिका सदस्यहरुले दसैँ, तिहारजस्ता चाडपर्वमा घर जाने यात्रुहरुका लागि आवश्यक यातायातको व्यवस्था गर्ने सम्बन्धमा ध्यानाकर्षण गराउने पनि सो समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण