प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओ अल्ब्राइटबिच भेटवार्ता
काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइट र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न अल्ब्राइट प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् ।
प्रधानमन्त्रीको सचिवालय अनुसार दुईजनाबिच नेपाल र अमेरिकाबिचको सहकार्यका विभिन्न आयामबारे छलफल भएको थियो । त्यस्तै एमसीसी परियोजनाबारे पनि दुईजनाबिच छलफल भएको छ ।
नेपाल भ्रमणमा रहेकी सीईओ अल्ब्राइटले सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् । एमसीसी परियोजना कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिनापछि अल्ब्राइट नेतृत्वको प्रतिनिधिमण्डल आइतबार काठमाडौँ आइपुगेको हो ।
नेपाल र एमसीसीबिच २०७४ भदौ २९ गते नेपाल कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौता संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसीस्थित अमेरिकी विदेशमन्त्रालयमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की तथा एमसीसीका कामु प्रमुख कार्यकारी अधिकृत जोनाथन नाशले हस्ताक्षर गरेका थिए । यस कार्यक्रम अन्तरगत विद्युत् प्रशारण लाइन निर्माण तथा सडक मर्मतसम्भारसम्बन्धी दुईवटा आयोजना रहेका छन् ।
गत भदौ १३ गते नेपाल र एमसीसीबिच एमसीसी नेपाल कम्प्याक्टको पूर्वतयारी चरणमा यथेष्ट प्रगति भएको सहमतिपछि कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा गरिएको थियो । पाँच वर्षको समयसीमा भित्र कम्प्याक्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न हुने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण