काठमाडौँ र ललितपुरमा नगद र गहना चोरी
मङ्गलबार, १६ असोज २०८०, १४ : ०९
काठमाडौँ । काठमाडौँ र ललितपुरमा विभिन्न स्थानमा नगद र गहना चोरी भएको छ ।
काठमाडौं महानगरपालिका-१९ दमाईटोल डेरा गरी बस्ने महोत्तरी गौशाला नगरपालिका-४ बिर्ता घर भएका २८ वर्षीय रञ्जित ठाकुरको कोठामा कोही नभएको अवस्थामा ताल्चा फुटाई २ तोलाको सुनका सिक्री २ थान, आधा तोलाको सुनको कानमा लगाउने झुम्का १ थान र नगद ५२ हजार रूपैयाँ सोमबार राति चोरी भएको हो ।
यता ललितपुर महानगरपालिका-९ लामाटार बस्ने सुदिप प्रसाद गौतम घरको ढोकाको ताला फुटाई नगद ३० हजार रूपैयाँ र सुन तथा तामाका गर-गहना गरी करिब १ लाख ६५ हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण