बझाङ भूकम्प
सुदूरपश्चिममा भूकम्पबाट ६ जना घाइते, बझाङमा राजमार्ग अवरुद्ध
मङ्गलबार, १६ असोज २०८०, १६ : ५८
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ६ जना घाइते भएका छन् । बझाङमा ५ जना र बैतडीमा १ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रज्वलन महर्जनले रातोपाटीलाई बताए ।
बझाङमा भूकम्पबाट घाइते भएकाहरू ५ जना बालबालिका हुन् । घाइतेहरूको अवस्था सामान्य छ ।
बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएको ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पका कारण बझाङमा पहिरो खसेको छ । पहिरोका कारण जय पृथ्वीबहादुर राजमार्गको बझाङ खण्ड अवरुद्ध भएको एसएसपी महर्जनले बताए । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण