नेपालगञ्ज शान्त हुँदै, रातीको अवस्था हेरेर कर्फ्युबारे भोलि निर्णय गरिने

बुटवल । बाँकेको नेपालगञ्ज शान्त हुँदै गएको छ । हिन्दु र मुस्लिम समुदायबीच भएको विवादले दिनभर अशान्त रहेको नेपालगञ्ज अहिले शान्त बन्दै गएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार असोज १४ गते ९आइतबार० सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर नेपालगञ्जमा तनाव भएको हो । तनाव बढेपछि मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले रातीको घटना क्रम हेरेर कर्फ्युबारे निर्णय गरिने बताए । उनले भने, भोलि बिहानसम्म निश्चित रूपमा कर्फ्यु जारी रहन्छ । त्यसपछि अवस्था हेरेर निर्णय गर्छौँ ।
दिउँसो दुई पक्षबीच झडप हुँदा ३ जना सुरक्षाकर्मी र १० जना सर्वसाधारण घाइते भएका छन् । उनीहरूको नेपालगञ्जका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’
-
वैदेशिक रोजगार विभागका महानिर्देशकलाई गणतान्त्रिक मञ्चको ध्यानाकर्षण
-
प्रधानमन्त्री ओलीसँग भारतीय राजदूतको भेट, के भयो कुराकानी ?
-
चौसट्ठी वर्षमा पनि जाँगरिला ‘युक्ति’
-
गभर्नर नियुक्तिबारे प्रभु साहले उठाए प्रश्न
-
भारत–पाकिस्तान तनाव : मध्यपूर्वबाट नेपाल आउने जहाजको रुट लम्बियो, भाडा बढ्नसक्ने