बझाङमा भूकम्प : पूर्वराजा शाहद्वारा दुःख व्यक्त
बुधबार, १७ असोज २०८०, १० : ४८
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले बझाङमा केन्द्रबिन्दु बनाएर मंगलबार गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
शाहका तर्फबाट संवाद सचिव फणी पाठकले बुधबार विज्ञप्तिमा भूकम्पले सुदूर पश्चिमी क्षेत्रका विभिन्न जिल्लाहरूमा पुर्याएको क्षति र जनसाधारणमा परेको त्रासदीको खबरले गहिरो दुःख लागेको उल्लेख छ ।
‘ठुलो भूकम्पपछि उत्पन्न पराकम्पको क्रम चलिरहेको यो अवस्थामा त्यहाँ पूर्ण सतर्कता आवश्यक रहेको हाम्रो धारणा छ’, शाहले भनेका छन्, ‘भूकम्पबाट घायल भएकाहरूको शीघ्र उपचार तथा क्षतिबाट प्रभावित घर परिवारको राहत निर्माणतर्फ तत्काल सम्बन्धित सबैको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण