शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
भूकम्पको असर

२४ घण्टाभित्र बझाङमा १२ वटा भूकम्पको धक्का

जति ठुलो भूकम्प गयो उति लामो समय पराकम्प गइरहन्छः अधिकारी
बुधबार, १७ असोज २०८०, १२ : १६
बुधबार, १७ असोज २०८०

काठमाडौँ । बितेको २४ घण्टाको अवधिमा बझाङ जिल्ला केन्द्रबिन्दु भएर ४ म्यग्निुच्युडमाथिका १२ वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार दिउँसो भूकम्प गएयता सोही जिल्ला केन्द्रबिन्दु भएर बुधबार बिहानसम्म ४ म्याग्निच्युडमाथिका १२ वटा धक्का मापन भएको बताएको छ । 

बझाङमा मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसलगत्तै ३ बजेर ६ मिनेटमाच ६।३ म्याग्निच्युडको भूकम्प मापन भएकोमा त्यसपछि पनि १० वटा भूकम्प गएको केन्द्रको विवरणमा उल्लेख छ । 

केन्द्रका अनुसार मंगलबार दिउँसो ३ बजेर १३ मिनेटमा ५.१, ३ बजेर ४५ मिनेटमा ४.१, ४ बजेर २८ मिनेटमा ४.१, ४ बजेर ३१ मिनेटमा ४.३, ५ बजेर १९ मिनेटमा ५ म्याग्निच्युडको भूकम्पको धक्का मापन भएको छ । 

यसैगरी ५ बजेर ३८ मिनेटमा ५, बुधबार मध्यराति १२ बजेर ५० मिनेटमा ४.३, बिहान ४ बजेर २७ मिनेटमा ४.३ र ५ बजेर ४३ मिनेटमा अर्को ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको भनाइ छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले ४ म्याग्निच्युड भन्दा कमका भूकम्पका धक्काहरु पनि बझाङमा गइरहेको भन्दै भूकम्पको तीव्रताका आधारमा पराकम्प निर्भर रहने बताए । 

उनका अनुसार एउटा ठूलो भूकम्प गएपछि साना पराकम्पहरु गइरहने हुन्छन् । ‘एउटा ठुलो गयो भने साना गइरहने हुन्छ । सानो भूकम्प जाँदा थोरै समय पराकम्प जान्छ । जति ठूलो भूकम्प भयो त्यति नै लामो समय पराकम्प हुन्छ ’, उनले भने ।  उनले भूकम्पपछि पराकम्प जानु स्वाभाजिक भएको पनि बताए । 

बझाङ भूकम्पबाट हालसम्म १ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । यस्तै एक जना बेपत्ता छन् । भूकम्पबाट भौतिक संरचनाहरुमा क्षति भएको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप