२४ घण्टाभित्र बझाङमा १२ वटा भूकम्पको धक्का
काठमाडौँ । बितेको २४ घण्टाको अवधिमा बझाङ जिल्ला केन्द्रबिन्दु भएर ४ म्यग्निुच्युडमाथिका १२ वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार दिउँसो भूकम्प गएयता सोही जिल्ला केन्द्रबिन्दु भएर बुधबार बिहानसम्म ४ म्याग्निच्युडमाथिका १२ वटा धक्का मापन भएको बताएको छ ।
बझाङमा मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसलगत्तै ३ बजेर ६ मिनेटमाच ६।३ म्याग्निच्युडको भूकम्प मापन भएकोमा त्यसपछि पनि १० वटा भूकम्प गएको केन्द्रको विवरणमा उल्लेख छ ।
केन्द्रका अनुसार मंगलबार दिउँसो ३ बजेर १३ मिनेटमा ५.१, ३ बजेर ४५ मिनेटमा ४.१, ४ बजेर २८ मिनेटमा ४.१, ४ बजेर ३१ मिनेटमा ४.३, ५ बजेर १९ मिनेटमा ५ म्याग्निच्युडको भूकम्पको धक्का मापन भएको छ ।
यसैगरी ५ बजेर ३८ मिनेटमा ५, बुधबार मध्यराति १२ बजेर ५० मिनेटमा ४.३, बिहान ४ बजेर २७ मिनेटमा ४.३ र ५ बजेर ४३ मिनेटमा अर्को ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको भनाइ छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीले ४ म्याग्निच्युड भन्दा कमका भूकम्पका धक्काहरु पनि बझाङमा गइरहेको भन्दै भूकम्पको तीव्रताका आधारमा पराकम्प निर्भर रहने बताए ।
उनका अनुसार एउटा ठूलो भूकम्प गएपछि साना पराकम्पहरु गइरहने हुन्छन् । ‘एउटा ठुलो गयो भने साना गइरहने हुन्छ । सानो भूकम्प जाँदा थोरै समय पराकम्प जान्छ । जति ठूलो भूकम्प भयो त्यति नै लामो समय पराकम्प हुन्छ ’, उनले भने । उनले भूकम्पपछि पराकम्प जानु स्वाभाजिक भएको पनि बताए ।
बझाङ भूकम्पबाट हालसम्म १ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । यस्तै एक जना बेपत्ता छन् । भूकम्पबाट भौतिक संरचनाहरुमा क्षति भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण