स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी बोर्ड राख्न मन्त्रालयको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी जानकारीका लागि सूचना बोर्ड राख्न निर्देशन दिएको छ । मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीमा हातपात र स्वास्थ्य संस्थामा तोडफोड गर्नेलाई कारबाही हुने व्यवस्थाबारे सूचना बोर्ड मार्फत जानकारी दिन निर्देशन दिएको हो ।
मन्त्रालयले मंगलबार सूचना जारी गर्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेलाई दण्ड सजायको व्यवस्थाबारे जानकारी दिन अस्पताल परिसरमा कम्तीमा ६ देखि ४ फिटको सूचना बोर्ड टाँस्न निर्देशन दिएको छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) बमोजिम स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्याउने, हातपात गर्नेमाथि यसै कानुन अनुसार कारबाही गर्न प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।
उपचारमा लापरर्बाही भएको शंका लागेमा सम्बन्धित संस्थाको प्रमुख वा जिल्ला प्रशासन कार्यालय वा नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निवेदन दिन सकिने मन्त्रालयले जनाएको छ ।
यसैबीच बुधबारदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङले सूचना बोर्ड राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण