बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न सरकार तयार छ : उद्योगमन्त्री रिजाल

बुधबार, १७ असोज २०८०, १६ : १५
बुधबार, १७ असोज २०८०

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न तयार रहेको बताएका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । 

उनले सुपारी व्यवसायीहरुसँग छलफल गरेर यसको विषयमा सरकारले निर्णय लिने बताए । उनले उद्योग मन्त्रालयले भारत सरकारसँग सुपारी निर्यातको लागि पत्रलेखेर सहजीकरण गर्ने विषयमा सरकार तयार रहेको बताए । उनले नेपाल सुपारी खेती विकास संस्थालाई ओरिजिनल सर्टिपिकेट बनाउन उद्योग वाणिज्य महासंघले नगरि अरुलाई भारतले नचिन्ने बताए । 

मन्त्री रिजालले नेपालमा उत्पादित सुपारी गुणस्तरिय रहेकाले नेपालमा भन्दा पनि नेपाली उत्पादित सुपारीको बजार भारत नै भएको बताए । उनले भारत निर्यातको लागि मन्त्रालयले सहजीकरण गर्ने तयार रहेको उल्लेख गरे । 

‘नेपाल सुपारी खेती विकास संस्थालाई ओरिजिनल सर्टिपिकेट बनाउन उद्योग वाणिज्य महासंघले नगरि अरुलाई भारतले चिन्दैन । नेपालमा उत्पादित सुपारी गुणस्तरीय छ । त्यसको बजार भनेको भारत नै हो’ मन्त्री रिजालले भने, ‘भारत निर्यातको लागि मन्त्रालयले सहजीकरण गरेर हुन्छ भने गर्न सक्छौं । नेपालबाट निर्यात गर्न समस्या भएपछि भारतको अदालतमा पनि मुद्दा हाल्नुभयो । भारतको अदालतले निर्यात गर्न दियो । भारत भन्सारले बारम्बार समस्या आइरहेको छ । उहाँहरुको भनेको नेपालको विग्रेको सुपारीको बजार हो । नेपालको गुट्का उद्योगहरुको १० देखि ३५ रुपैयाँमा बिहारमा सप्लाई गर्छन् । नेपालमा उत्पादित सुपारी गुणस्तरिय भएकाले नेपालका गुट्का उद्योगले खरिद गर्न सक्दैनन । उक्त सुपारीको नेपालको बजार होइन जस्तो बुझेको छु । भारत निर्यातको लागि भारत सरकारसँग सहजीकरणको लागि पत्र लेख्न पनि तयार छौं ।’ 

मन्त्री रिजालले नेपालमा उत्पादित सुपारी गुणस्तरिय भएकाले नेपालका गुट्का उद्योगले खरिद गर्न नसक्ने भन्दै नेपाली सुपारीको बजार नेपाल नभएको दाबी गरे । उनले भारत निर्यातको लागि भारत सरकारसँग सहजीकरणको लागि पत्र लेख्न पनि तयार रहेको बताए । मन्त्री रिजालले बाहिरबाट नेपालमा सुपारी निर्यात गर्नुपर्ने बाध्यता रहेको बताए । उनले नेपाल डब्लुटिओको पनि सदस्य भएकाले विना कुनै कारण कुनै वस्तु आयात रोक्न नपाउँने भएकाले समस्या रहेको बताए । 

‘मन्त्रालयसँग बसेर सकिने विषयमा मिनी संसद ठूलो निकायमा व्यवसायीहरु आउनुभयो । बाहिरबाट सुपारी निर्यात गर्नुपर्ने बाध्यता छ । नेपाल डब्लुटिओको पनि सदस्य भएकाले विना कुनै कारण कुनै वस्तु आयात रोक्न पाउँदैन भन्छ’ उनले भने,  ‘नेपालको उद्योगहरुले १० हजार मानिसहरुलाई रोजगारी दिएको छ । सुपारी निर्यात नगर्दा १० हजार मानिसहरु बेरोजगार हुन्छन् । उद्योग बन्द हुन्छ । मन्त्रालयमा आउनुस सरकार सहजिकरण गर्न तयार छ । केही व्यवहारिक अफ्ठ्यारा पनि छन् ।’

उनले नेपालको उद्योगहरुले १० हजार मानिसहरुलाई रोजगारी दिएको भन्दै सुपारी आयात रोक्दा १० हजार मानिसहरु बेरोजगार हुने सम्भावना रहेको बताए । मन्त्री रिजालले नेपालमा उत्पादित सुपारी भारत निर्यातको लागि सरकार सहजिकरण गर्न तयार रहे पनि केही व्यवहारिक अफ्ठ्यारो रहेको बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप