सार्वजनिक खरिद ऐन विकास निर्माणका लागि सहज छैन : मन्त्री ज्वाला
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन विकास, निर्माणका लागि सहज नभएको बताएका छन् ।
सरकारको प्रतिनिधि भएर पनि आफूले सो ऐनबारे आलोचना गर्नुपरेको उनको गुनासो थियो । बुधवार प्रतिनिधिसभा अन्तरगतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री ज्वालाले आफू अर्थ समितिमा रहेका बेला सो ऐन संशोधनका लागि दिएको सुझाव पनि कार्यान्वयनमा आउन नसकेको दाबी गरे ।
मन्त्री ज्वालाले सार्वजनिक खरिद ऐन विकास, निर्माणका लागि सहज नभएकाले नै आफूले सो ऐनको नयाँ ड्राफ्ट बनाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालसहितका सम्बन्धित निकायसँग छलफल गरी त्यसलाई अघि बढाउने काम गरेको बताए ।
मन्त्री ज्वालाले सार्वजनिक खरिद ऐन सम्बन्धी पुरानो विधेयक संशोधन गर्नेभन्दा पनि सरकारले नयाँ विधेयक बनाएर संसदमा छिटो पेश गर्ने तयारी गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण