आम आदमी पार्टीका सांसद सञ्जय सिंह पक्राउ
बुधबार, १७ असोज २०८०, २१ : ४९
नयाँ दिल्ली । दिल्लीमा कथित रक्सी घोटालामा प्रवर्तन निदेशालय (ईडी) को अनुसन्धानपछि आम आदमी पार्टीका सांसद सञ्जय सिंह पक्राउ परेका छन्।
ईडीले बुधबार बिहान सञ्जय सिंहको घरमा छापा मारेको थियो । सिंहलाई करिब १० घण्टा सोधपुछपछि निर्देशनालयले पक्राउ गरेको थियो ।
यसअघि आम आदमी पार्टीका नेता सत्येन्द्र जैन र मनिष सिसोदिया पनि पक्राउ परेका छन् । मनिष सिसोदिया हाल जेलमा छन्, तर सत्येन्द्र जैन उपचारका लागि जमानतमा छन्।
आम आदमी पार्टीले सिंहविरुद्धको यो कारबाहीलाई ‘राजनीतिक रुपमा प्रेरित’ भनेको छ । पार्टीका सांसद राघव चड्ढाले विगत १५ महिनादेखि भारतीय जनता पार्टीले आफूहरुमाथि रक्सी घोटालाको आरोप लगाउँदै आएको बताए । पछिल्लो १५ दिनमा ईडी र सीबीआईले १ हजारभन्दा बढी ठाउँमा छापा मारेको छ । उता भाजपाले सिंहको गिरफ्तारीले सत्य लुकाउन नसकिने देखाएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण