इरानबाट जफत गरिएका ११ लाख गोली अमेरिकाले युक्रेन पठायो

अमेरिकाले गत वर्ष इरानबाट बरामद गरेको करिब ११ लाख गोली युक्रेनलाई हस्तान्तरण गरेको छ ।
मध्यपूर्वमा सञ्चालनको निगरानी गर्ने युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले गत वर्ष डिसेम्बरमा यमनका लागि उडेको जहाजबाट यी गोलीहरू बरामद गरिएको बताएको छ । पश्चिमी देशहरूले युक्रेनलाई उनीहरूको हतियार भण्डार घट्दै गएको जानकारी दिएका थिए ।
इरानबाट जफत गरिएका यी गोली युक्रेनलाई दिइएको सेन्टकमले जनाएको छ ।
गत वर्ष डिसेम्बर ९ मा अमेरिकाले मारवान १ नामक जहाजबाट यी गोली बरामद गरेको थियो । त्यो जहाजमा कुनै पनि देशको झन्डा थिएन । अमेरिकी सरकारले जुलाईमा एउटा प्रक्रियामार्फत यो जहाजको स्वामित्व प्राप्त गरेको थियो ।
यसमा इरानको इस्लामिक रिभोलुसनरी गार्डलाई आरोप लगाइएको थियो । इरानले लामो समयदेखि यमनका हुथी विद्रोहीलाई हतियार उपलब्ध गराएको आरोप लाग्दै आएको छ ।
यसैबिच, इरानले रुसलाई हतियार, विशेष गरी ड्रोनहरू आपूर्ति गरिरहेको खबर आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला