इरानबाट जफत गरिएका ११ लाख गोली अमेरिकाले युक्रेन पठायो
अमेरिकाले गत वर्ष इरानबाट बरामद गरेको करिब ११ लाख गोली युक्रेनलाई हस्तान्तरण गरेको छ ।
मध्यपूर्वमा सञ्चालनको निगरानी गर्ने युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले गत वर्ष डिसेम्बरमा यमनका लागि उडेको जहाजबाट यी गोलीहरू बरामद गरिएको बताएको छ । पश्चिमी देशहरूले युक्रेनलाई उनीहरूको हतियार भण्डार घट्दै गएको जानकारी दिएका थिए ।
इरानबाट जफत गरिएका यी गोली युक्रेनलाई दिइएको सेन्टकमले जनाएको छ ।
गत वर्ष डिसेम्बर ९ मा अमेरिकाले मारवान १ नामक जहाजबाट यी गोली बरामद गरेको थियो । त्यो जहाजमा कुनै पनि देशको झन्डा थिएन । अमेरिकी सरकारले जुलाईमा एउटा प्रक्रियामार्फत यो जहाजको स्वामित्व प्राप्त गरेको थियो ।
यसमा इरानको इस्लामिक रिभोलुसनरी गार्डलाई आरोप लगाइएको थियो । इरानले लामो समयदेखि यमनका हुथी विद्रोहीलाई हतियार उपलब्ध गराएको आरोप लाग्दै आएको छ ।
यसैबिच, इरानले रुसलाई हतियार, विशेष गरी ड्रोनहरू आपूर्ति गरिरहेको खबर आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण