शिखर धवनको सम्बन्धविच्छेद, श्रीमती आयशाले मानसिक यातना दिएको अदालतले गर्यो स्वीकार
भारतका स्टार क्रिकेटर शिखर धवन र उनकी श्रीमती आयशाको सम्बन्धविच्छेदलाई अदालतले मन्जुरी दिएको छ । दिल्लीको एक फ्यामिली कोर्टले उक्त मन्जुरी दिएको हो । शिखर धवन आफ्नी श्रीमती आयशा मुखर्जीसँग अलग बस्दै आएका थिए ।
यस क्रममा अदालतले शिखर धवनलाई छोरासँग वर्षौँसम्म अलग राखेर श्रीमतीले मानसिक यातना दिएको स्वीकार गरेको छ ।
बीबीसी हिन्दीका अनुसार दिल्लीको पटियाला हाउस कोर्टले ३७ वर्षीय शिखर धवनलाई मानसिक यातना दिएको आधारमा सम्बन्धविच्छेदको अनुमति दिएको हो ।
शिखर धवनका वकिल अमन हिंगोरनीले बीबीसीसँगको कुराकानीमा शिखर धवन निकै खुसी भएको र अब उनले अदालतको पालना गर्ने जानकारी दिए ।
अदालतले शिखर धवनले दिएको अधिकांश तर्कलाई स्वीकार गरेको छ ।
तर, अदालतले शिखर धवन र आयशा मुखर्जीका छोरा जोरावरलाई स्थायी कस्टडी राख्ने सम्बन्धमा कुनै आदेश दिन अस्वीकार गर्यो । अदालतले धवनलाई भारत र अस्ट्रेलियामा छोरालाई भेट्न अनुमति दिएको छ । धवनले अब आफ्नो छोरासँग भिडियो कलमा पनि कुरा गर्न सक्नेछन् ।
अदालतले आयशा मुखर्जीलाई छोराको स्कुल बिदामा हरेक वर्ष भारत आउन र कम्तीमा आधा बिदा बुवा र परिवारसँग बिताउन आदेश दिएको छ ।
धवनले आफ्नो याचिकामा श्रीमतीले सुरुमा आफूसँग भारतमै बस्ने भनेर सहमति गरेको बताए । उनका अनुसार उनले यसो गर्न सकिनन् र त्यसपछि उनले आफ्नो पूर्व पतिसँग गरेको बाचा अनुसार अस्ट्रेलियामा नै बस्नुपर्ने बताइन् । आयशाको पहिलो विवाहबाट उनका दुई छोरी छन् । आयशाले आफ्ना पूर्व श्रीमान्सँग उनी अस्ट्रेलिया छोडेर कतै नजाने बचन दिएकी थिइन् ।
हाल आयशा आफ्ना दुई छोरी र छोरासँग अस्ट्रेलियामा नै बसिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण