यहाँ १३ लाख तिरेपछि भाडामा पाइन्छ आमा
घर छोडेर बाहिर पढ्न जाँदा छोराछोरीले के खालान्, कसरी बस्लान् भन्ने पिर आमाबुवालाई सधैँ हुन्छ । अझ काम गर्ने बानी नपरेका बच्चाको चिन्ता बढी लाग्छ, कसरी खाना पकाउलान्, लुगा के गरी धोलान्, आइरन गर्छन् कि गर्दैनन् लगायत । आमाबुवाको यस्तै चिन्ता हटाउने उद्देश्य बोकेको एउटा विशेष सेवा उपलब्ध छ ।
पिपल डट कमको रिपोर्ट अनुसार अमेरिकामा कलेजका विद्यार्थीका लागि ‘रेन्ट अ मम’ अर्थात् आमालाई भाडामा लिने सेवा वर्षौँदेखि चल्दै आएको छ । यसमा जुन महिला विद्यार्थीका लागि आमा बन्नेछिन्, उनले साँच्चैको आमाले दिने माया र केयर दिनेछिन् । भाडाकी आमाले कलेजका विद्यार्थीका लागि मार्गदर्शनदेखि उनीहरूको खानपिन, लत्ताकपडा सम्हाल्ने लगायतका काम गर्नेछिन् ।
१३ लाखमा पाइन्छ भाडाकी आमा
आमालाई भाडामा लिनका लागि वार्षिक रूपमा १० हजार डलर अर्थात् १३ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । ट्यामी कुमिन नामकी महिला हाल ७० वर्ष पुगिन् । उनले यस्तो सेवा प्रदान गर्दै आएकी छिन् । उनी ३ सन्तानकी आमा र ६ नातिनातिनाकी हजुरआमा हुन् । यो उमेरमा पनि उनी किनमेल गर्न सक्छिन्, खाना पकाउन सक्छिन् र लुगा धुने, घर सफा गर्नेलगायतका काम गर्छिन् । उनलाई भाडामा लिनेहरूका लागि उनले आमाको भूमिका निभाउँछिन् । कनसियर्ज सर्भिस फर स्टुडेन्ट नामबाट उनले आफ्नो सेवा प्रदान गरिरहेकी छिन् । उनले प्रि–बोर्डिङ स्कूल, बोर्डिङ स्कूल र कलेजका विद्यार्थीका लागि काम गर्छिन् ।
सन् १९९३ देखि चल्दै आएको छ यो सेवा
ट्यामी कुमिनले सन् १९९३ बाट यो सेवा प्रदान गरिरहेकी छिन् र अमेरिकीलगायत उनले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि उक्त सेवा प्रदान गर्दै आएकी छिन् । उनलाई भाडामा लिएपछि वास्तविक आमाबुवा आफ्ना सन्तानका लागि निश्चिन्त हुन सक्ने उनी बताउँछिन् । भाडाकी आमाले विद्यार्थीको पढाईमा सघाउनेदेखि, ब्युटी र स्पाको अपोइन्टमेन्ट बुक गर्न, डिनर रिजर्भेसन गर्न, जिमको मेम्बरसिपका साथै घरको फर्निचर खोज्ने, पार्टीको योजना बनाउन, डाक्टर र बैङ्किङमा पनि सहयोग गर्नेछिन् । २४ सै घण्टा अन कल असिस्टेन्ट पाइनेछ । उनको सेवा पाउने विद्यार्थीहरुले उनीबाट भरपुर अपनत्व र मद्दत पाइरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण