धर्म र सम्प्रदायको झण्डा छोडेर देशको झण्डा बोकौँः सांसद झा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले धर्म र सम्प्रदायको झण्डा छोडेर देशको झण्डा बोक्नुपर्ने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले देशका विभिन्न भूभागमा धर्म र साम्प्रदायिक दंगा निम्त्याउने प्रयास भइरहेको बताए । उनले धर्म र सम्प्रदायको झण्डाभन्दा देशको झण्डा महत्वपूर्ण भएको भन्दै देशको झण्डा बोक्नुपर्ने बताए । उनले राजनीतिक दलहरुले भोटको राजनीति गरिरहेका भन्दै त्यसले क्षणिक फाइदा मात्रै हुने बताए । उनले विगतमा दल, धर्म र सम्प्रदायको मात्रै झण्डा बोकेको उल्लेख गर्दै उहाँले अब त्यसभन्दा माथि उठ्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो देशको केही भू–भागहरुमा हामी धर्मको लडाँइ गर्दै छौँ । साम्प्रदायिक दंगा निम्त्याउने प्रयासहरु हुँदैछ त्यहाँ । केही दलहरुले, केही राजनीतिज्ञहरुले अहिलेदेखि नै भोटको राजनीति गर्न थालेका छन् । त्यो कसैको लागि फाइदाजनक हुनेछैन । केही क्षण कुनै स्वार्थ समुह, केही राजनीतिक समूहको स्वार्थले केहीलाई क्षणिक फाइदा देला । तर आउने सन्ततिले के पाउनेछ ? आउने पुस्ताले के पाउँछ ? केही वर्ष यो देशमा हामीले दलको झण्डा बोक्यौँ । त्यसपछि हामीलाई सम्प्रदायको झण्डा बोक्न सिकायो । र अहिले धर्मको झण्डा बोक्न सिकाउँदैछ । तर कुनैपनि पुस्तालाई हामीले देशको झण्डा बोक्न सिकाएनौँ । देशको झण्डा बोक जुन धर्म र सम्प्रदायभन्दा महत्वपूर्ण छ भनेर । अहिले पनि देशको झण्डा भन्दा धर्म । तर देशको झण्डा कसले बोकिदिने ?’
उनले धर्म र साम्प्रदायिक दंगाबाट बच्न सबै सजग र जिम्मेवार हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण