मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

‘वीर अस्पतालमा भीआईपी र भीभीआईपीको उपचारमा  १७ जना स्वास्थ्यकर्मी’

बिहीबार, १८ असोज २०८०, १७ : ५६
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुुर बस्नेतले वीर अस्पतालमा भीआईपी र भीभीआईपीको उपचारका लागि जनशक्तिको व्यवस्था गरिएको बताएका छन् । उनले वीरमा आएर भीआईपी र भीभीआईपी उपचार गर्ने क्रम बढेको पनि बताए । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को चौथो दिक्षान्त समारोहमा स्वास्थ्यमन्त्री बस्नेतले वीरमा भीआईपी र भिभिआईपीको उपचारका लागि १७ जना स्वास्थ्यकर्मी छुट्याइएको बताए । उनले आधारभूत स्वास्थ्य सेवा गरिव, विपन्नहरुका लागि निःशुल्क बनाउन आफू लागि परेको बताए । 
उनले स्वास्थ्य मन्त्री बस्नेतले डाक्टर, पारामेडिक्स र नर्सीङको क्षेत्रमा ठूलो जनशक्ति अभाव भइरहेको भन्दै दरबन्दी सृजना गरेर जाने सहमति भइसकेको बताए । 

‘मलाई खुशी लागेको छ, वीरमा आठ बजेबाट ओपीडी सेवापनि शुरु भएको छ । वीरमा भीआईपी र भिभिआईपीको उपचारपनि भइरहेको छ । १७ जना चिकित्सहरु छुट्याइएको छ । वीर अस्पतालमा उपचारका लागि माननीय र सम्माननीयको ताँती लागिरहेको छ’, उनले भने । 

अहिले देखिएको जनशक्ति अभावको अन्यौल चाँडै समाधान हुने पनि सो क्रममा उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप