‘वीर अस्पतालमा भीआईपी र भीभीआईपीको उपचारमा १७ जना स्वास्थ्यकर्मी’
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुुर बस्नेतले वीर अस्पतालमा भीआईपी र भीभीआईपीको उपचारका लागि जनशक्तिको व्यवस्था गरिएको बताएका छन् । उनले वीरमा आएर भीआईपी र भीभीआईपी उपचार गर्ने क्रम बढेको पनि बताए ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को चौथो दिक्षान्त समारोहमा स्वास्थ्यमन्त्री बस्नेतले वीरमा भीआईपी र भिभिआईपीको उपचारका लागि १७ जना स्वास्थ्यकर्मी छुट्याइएको बताए । उनले आधारभूत स्वास्थ्य सेवा गरिव, विपन्नहरुका लागि निःशुल्क बनाउन आफू लागि परेको बताए ।
उनले स्वास्थ्य मन्त्री बस्नेतले डाक्टर, पारामेडिक्स र नर्सीङको क्षेत्रमा ठूलो जनशक्ति अभाव भइरहेको भन्दै दरबन्दी सृजना गरेर जाने सहमति भइसकेको बताए ।
‘मलाई खुशी लागेको छ, वीरमा आठ बजेबाट ओपीडी सेवापनि शुरु भएको छ । वीरमा भीआईपी र भिभिआईपीको उपचारपनि भइरहेको छ । १७ जना चिकित्सहरु छुट्याइएको छ । वीर अस्पतालमा उपचारका लागि माननीय र सम्माननीयको ताँती लागिरहेको छ’, उनले भने ।
अहिले देखिएको जनशक्ति अभावको अन्यौल चाँडै समाधान हुने पनि सो क्रममा उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण