ग्राभेनबर्चको पहिलो गोलमा लिभरपुल विजयी
शुक्रबार, १९ असोज २०८०, ०९ : ११
एनफिल्ड । रायन ग्राभेनबर्चले क्लबका लागि पहिलो गोल गर्दा लिभरपुलले युनियन सेन्ट–गिलोइसलाई युरोपा लिगमा पराजित गरेको छ । बिहीबार राति भएको समूह ई अन्तरगतको खेलमा लिभरपुल २–० गोलले विजयी बनेको हो ।
खेलको ४४ औँ मिनेटमा अलेक्सान्डर आर्नोल्डको प्रहारलाई गोलकिपर एन्थोनी मोरिसले रोक्न नसकेपछि त्यसको फाइदा उठाउँदै ग्राभेनबर्चले लिभरपुलाई अग्रता दिलाएका थिए । निकै निरश बनेको पहिलो हाफमा डार्विन नुनेजले गोलका लागि सुन्दर अवसर गुमाएका थिए ।
दोस्रो हाफमा ग्राभेनबर्चको अर्को प्रहार गोलकिपर मोरिसले बचाऊ गरेका थिए । बेल्जियन टोलीले दोस्रो हाफमा लिभरपुलमाथि दबाब बढाए पनि इन्जुरी समयमा डिओगो जोटाले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
लगातार दोस्रो जीतसहित लिभरपुल समूहको शीर्ष स्थानमा रहेको छ । एलएसकेलाई हराउँदै टोलुस ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण