पञ्चेश्वरको डीपीआरबारे छलफल गर्न विज्ञ समूहको बैठक
काठमाडौँ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बारे छलफल गर्न आजदेखि नेपाल–भारत संयुक्त विज्ञ समूहको बैठक सुरु भएको छ ।
यसअघि विज्ञ समूहको बैठक साउन ५–६ गते भारतको दिल्लीमा बसेको थियो । भोलिसम्म चल्ने बैठकमा भारतबाट जल आयोगका अध्यक्ष कुशविन्दर बोहराको नेतृत्वमा नौ जना प्रतिनिधि सहभागी छन् ।
गत जेठमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएको बेला तीन महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रुप दिन द्विपक्षीय छलफललाई तीब्रता दिने सहमति भएको थियो । डीपीआरमा सहमति भएपछि पञ्चेश्वर विकास प्राधिकरणले अन्तिम डीपीआर दुवै सरकारलाई बुझाउने सहमतिसमेत भएको थियो ।
दुवै सरकारले डीपीआर स्वीकृत गरेपछि एक वर्षभित्र कार्यान्वयनको ढाँचा टुङ्गो लगाउन दुवै देश सहमत भएका छन् । भारतीय परामर्शदाता कम्पनी वाकपोसले २०७३ सालमा डीपीआर बुझाएको थियो । त्यो डीपीआरमा पानी बाँडफाँट लगायतका विषयमा दुई देशबिच सहमति नभएको कारण पास हुन सकेको छैन ।
प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएको बेला डीपीआरमा देखिएको विवाद तीन महिनाभित्र टुङ्गो लगाउने सहमति भएपछि विवाद समाधान भएको छैन । विवाद समाधानका लागि बनेको विज्ञ समूहको यो दोस्रो बैठक हो । नेपालमा आजदेखि सुरु भएको बैठकले विवाद समाधान गर्ने विश्वास लिइएको मन्त्रालयका एक अधिकारीले बताए ।
प्रधानमन्त्री प्रचण्डले पनि पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडो कार्यान्वयनमा आउनुपर्ने जोड दिँदै आएका छन् । त्यस आयोजनाका लागि नेपालको तर्फबाट जति चासो लिए पनि भारतले त्यति चासो नदेखाएको ती अधिकारीले दाबी गरे ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण सकिने बित्तिकै असार २१ र २२ गते पञ्चेश्वर बहुउद्देश्यीय गभर्निङ बडीको बैठक पोखरामा बसेको थियो । सो बैठकले डीपीआरलाई अन्तिम रूप दिन र त्यसको सो प्रतिवेदनको कार्यान्वयनमा सघाउ पु¥याउन गठित विज्ञ समूहको म्याद ६ महिना थपिएको थियो ।
म्याद थप गरेपछि साउनमा विज्ञ समूहको बैठक दिल्लीमा बसेको थियो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि पञ्चेश्वर आयोजनाको कामले गति लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण