आयल निगम अम्लेखगञ्ज डिपोमा स्थानीयले रोजगारी पाउनुपर्छ : पूर्वमन्त्री श्रेष्ठ
बारा । पूर्वमन्त्री तथा बारा–४ का संघीय सांसद किसान श्रेष्ठले आयल निगम अम्लेखगञ्ज डिपोमा स्थानीयहरुले रोजगारी पाउनुपर्ने माग गरेका छन् । नेकपा एकीकृत समाजवादीको मेची–महाकाली समाजवादी जागरण अभियानअन्तर्गत बाराको अम्लेखगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सांसद श्रेष्ठले उक्त धारणा राखेका हुन् ।
निगमको अम्लेखगञ्ज डिपोमा स्थानीयहरुले रोजगारीको अवसर नपाएको भन्दै गुनासो आएको उनले बताए ।
आयल निगम अम्लेखगञ्ज डिपोमा अधिकाशं ट्यांकर चालक, सरसफाइको काम गर्ने कर्मचारी र कार्यालय सहयोगी पदमा स्थानीयहरुले रोजगारी पाएपनि निजामती सेवातर्फ करारमा भर्ना भएका कर्मचारीहरु भने अन्यत्र जिल्लाका छन् ।
स्थानीय युवाहरुले बेरोजगारीको समस्या झेल्नुपर्ने तर निगमले अन्यत्र जिल्लाका कर्मचारीलाई भर्ना गर्ने गरेको भन्दै स्थानीयहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने सांसद श्रेष्ठको भनाई थियो ।
पूर्वमन्त्री श्रेष्ठले ५० औ वर्षदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी, किसानहरुलाई बसोबासको सुनिश्चितता गर्न पनि सरकारसँग माग गरे ।
पछिल्लो समय अम्लेखगञ्जमा ‘यमगज’ नामक् जंगली हात्तीले दुःख दिएको भन्दै हात्तीसारमा रहेका पोथी हात्तीहरुलाई अन्यत्र व्यवस्थापनका लागि पहल गरिदिन स्थानीयहरुले सांसद श्रेष्ठसँग अनुरोध गरेका थिए ।
पार्टी केन्द्रीय पदाधिकारीको उपस्थिति रहेको कार्यक्रममा श्रेष्ठले नेकपा एकीकृत समाजवादी पार्टीले अव जनताका हरेक समस्या समाधान गरेर किसान, मजदुर, गरिब, वेसहारा जनताको पार्टीको रुपमा विकास गर्दै जानुपर्ने बताए । अम्लेखगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मानबहादुर विकको नेतृत्वमा दलित समुदायका स्थानीयले पार्टी प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
-
आज यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
नारच्याङमा ७६औँ अन्नपूर्ण आरोहण दिवस मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण