सबैजना मोबाइलमा व्यस्त, हराउँदै चङ्गा चेट
मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी
नेपाली शब्दकोशमा चङ्गा, नेवारीमा भुटुमाली र हिन्दीमा पतङ्ग भनिने कागज, कपडा र प्लास्टिकको चारकुने टुक्रामा ठाडो बाँसको सिन्का र धागो घुसारेर उडाइने खेलौना हो । किंवदन्ती अनुसार, असारको खेतीपछि भदौसम्म पानी पर्ने भएकाले अब पानी पुग्यो र धान पाक्ने बेला भयो भन्नका लागि चंङ्गा उडाएर इन्द्रदेवलाई सन्देश पठाएको भन्ने जनविश्वास छ ।
_hdOxO3I8UF.jpg)
दसैँ आउन केही अघि देखिनै चङ्गा उडाइँदै आएको पाइन्छ । चीनलाई चङ्गाको आविष्कारक मानिन्छ । चीनमा आविष्कारसँगै एसियाका देशहरुमा लोकप्रियता बढेको पाइन्छ ।
_gO1NUoQehW.jpg)
सबै देशहरूले आफ्नो चाड या खुसीयाली साट्नका लागि उडाउँदै आएका छन् । नेपालमा पनि धार्मिक सँगै मनोरञ्जन र हर्ष उल्लासको बेलामा चङ्गा उडाइने गरिन्छ । चङ्गामा मुख्य गरी चङ्गा, लट्टाइ र धागोको मुख्य आवश्यकता हुन्छ ।
_R4cPs49y1x.jpg)
नेपाली बजारमा चङ्गा भारतबाटै आउने गर्छ । पछिल्लो समय यता लट्टाइ भने नेपालमै बनाउने गरिन्छ । नेपाली लट्टाइ कम उत्पादन हुने भएकाले बजारमा पुर्याउन नसकिरहेको व्यापारीहरू बताउँछन् ।
_RNe5BTYUpP.jpg)
ललितपुरका प्रकाश देउला सानै उमेरदेखि चङ्गा उडाउन मन पराउँथे । २५–३० वर्ष अघिदेखि माटोको कलात्मक सामग्री बेच्दै आएका प्रकाश केही वर्ष यता चङ्गाको व्यापार गर्दै आएको बताए ।
_QVIRvuCBUM.jpg)
नेपाली उत्पादनलाई जोड दिएका प्रकाशको पसलमा चङ्गा बाहेक माटोबाट बनेका भाडा, हातले बनाएको कुचोलगायत राखेका छन् । यससँगै पाँच वर्ष अघिदेखि उनले दसैँ तिहार लक्षित गरेर चङ्गाको व्यापार सुरु गरेको बताए । ग्वार्कोमा टाइसन काइट शप चलाइरहेका प्रकाश हिजोआज नेपालीको चङ्गा प्रतिको मोह घटेको देखेर निराश छन् ।
_p68TtcogWG.jpg)
‘पहिले दशैको एक महिना अघिदेखि नै काठमाडौँ, ललितपुर र भक्तपुरको आकाश पुरै ढाकिने गर्दथ्यो,’ उनी भन्छन्, ‘अहिले दशैको दिन पनि गन्तीमा उड्ने गर्छ । चङ्गा भनेको न बच्चा न बुढो सबैले उडाउन मिल्ने खेल हो । हामीले उडाउँदा चङ्गा कसको काट्ने भनेर खेल्थ्यौ तर अहिले सबैजना मोबाइल इन्टरनेटमा व्यस्त छन् ।’
_J34BS13RPS.jpg)
युवाहरू विदेश पलायन भएको कारणले चङ्गा प्रति मोह घटेको छ । संरक्षण गर्नु पर्ने आवश्यकता भइसकेको उनले बताए । प्रकाशको जस्तै ग्वार्कोमा अन्य चङ्गा पसलहरूको अवस्था पनि उस्तै छ । भदौको पहिलो हप्तादेखि स्टेशनरी उपहार पसलहरूले फाट्टफुट्ट लिन आउने गर्छन् । तर अहिले व्यापार पहिलेका वर्ष जस्तो नभएको व्यापारीहरु बताउँछन् । मुख्यता नेपाली बजारमा चङ्गा १० रुपैयाँ देखि एक हजारसम्म पर्छ । त्यस्तै लट्टाइ ४० रुपैयाँदेखि तीन हजारसम्म पर्छ ।
_q2GJHrRB46.jpg)
नेपाली बजारमा चङ्गा पूर्ण रूपमा भारतबाट आउने गर्छ । काठमाडौँ जिल्लामा मात्र एक सिजनमा २५ देखि ३० करोडको चङ्गा र चङ्गाको सामग्रीहरू भारतबाट आयात हुने गर्छ ।
_PpLB3FTT79.jpg)
चङ्गा उडाउनका लागि त्यही अनुसारको मौसम अनुकूल हुनपर्छ । घाम लागेको दिन र हावाको वेग राम्रो भएमा मात्र चङ्गा उडाउन सकिन्छ । नेपालमा मुख्य गरी दशैको समयमा घरको कौसीमा बसेर उडाइने गरिन्छ । काठमाडौँ टेकुका सुमन मानन्धर दशैको समयमा कौसीमा बसेर साथीभाइसँग चङ्गा चेट गर्दै आएका थिए ।
_JIE0PRVdlp.jpg)
तर पछिल्लो वर्षयता उनको चङ्गा घरमा थन्किएर बसेको छ । ‘पहिला घरमा बसेर कौसीबाट अरूको चङ्गा काट्न मज्जा आउँथ्यो,’ उनले भने, ‘तर अहिले चङ्गा कता उडाएको छ भनेर खोज्न हिँड्नु पर्ने भएको छ ।’ पछिल्लो समयमा धेरै साथीहरू इन्टरनेटमा मज्जा लिने भएकाले पनि चङ्गा खेल्न आउनै छाडिसकेको उनले बताए ।
_hgY1Aeisrg.jpg)
अबको केही वर्षमा चङ्गा उडाएको देख्न नपाइने हो कि भन्नेमा उनी चिन्तित छन् । पछिल्ला वर्षमा केही बाल क्लब, संस्थाहरूले दसैँ नजिकिँदै गर्दा चङ्गा चेट कार्यक्रम राखेर संरक्षणमा लागेको पाइन्छ । काठमाडौँ उपत्यकामा विशेषगरि अग्ला स्थान र खुल्ला ठाउँहरूमा चङ्गा उडाउन जाने गर्छन् । कीर्तिपुरको चोभार, ललितपुरको लाकुरीभन्जयाङ , भक्तपुरको नगरकोट लगायत स्थानमा चङ्गा उडाउन जाने गर्छन् ।
_6Ns9ABR2XH.jpg)
_cvUeFdrDoh.jpg)
_ww4xCQmgDV.jpg)
_HJEDOB99qL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण